मृर्गौला पीडितलाइ अार्थिक सहयोग

Read Time:4 Minute, 27 Second

कमल चौधरी 
बुटवल – गुरुङ्ग समाज धिम्रीगाउँ करहिया १ तुल्सिपुर(सविक तिलोत्तमा नगरपलिका–१२) को पहलमा मृर्गौला पीडित करहिया निवासी भोग बहादुर गुरुङ्गको स्वास्थ्य उपाचारका लागि आर्थिक  सहयोग संकलन भएको छ ।
धिम्रीगाउँ समाजका अगुवा सुर्यलाल गुरुङ्गको संयोजकत्वमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुबाट मृगौला पीडित भोग बहादुर गुरुङ्गको उपचारको लागि आर्थिक सहयोग संकलन गरिएको हो । विगत ४ महिना देखि काठमण्डौं अस्पतलमा दुबै मृगौला खारब
भएपछि उपचार गराउदै आएका गुरुङ्गको जीवन रक्षाको लागि विभिन्न संघ संस्थाहरुबाट धिम्रीगाउँ समाजले आर्थिक संकलन गर्दै आएको छ ।
आर्थिक अवस्था निकै कमजोर रहेको र आफ्नो श्रीसम्पत्ति बेचेर पनि उपचार गर्न नपुग्ने भएकोले उपचारको लागि सबैसंग सहयोगको लागि बिरामीका आमा धनमाया गुरुङ्ग र वुवा पुर्ण बहादुर गुरुङ्गले अपिल गरेका छन् । ४९ बर्षिय बिरामी भोग बहादुर गुरुङ्ग भारतको नयाँदिल्लीमा गाडि चलाउने काम गर्दै आएका थिए । उनका एक छोरा र एक छोरी छन् । बिरामीका दाजु खेम बहादुर गुरुङ्गले भाईको जीवन बचाउँनको लागि सम्पुर्ण नोपाली दाजुभाईहरुलाई आग्रह गरेका छन् । उनले भाईको जीवन रक्षाको लागि खाता नम्बर २३७७२६ मा रकम संकलन गरी सहयोग गरिदिन सम्पुर्णलाई अनुरोध गरेका छन् । त्यस्तै करहियामा शनिबार एक कार्यक्रमका बीच धिम्मीगाउँ समाजले संकलन गरेको रकम मृगौला पीडितका आमा र बुबालाई संयुक्त रुपमा हस्तान्तरण गरेका छन्
।
गुरुङ्ग समाजका निर्देशन तथा अनुगमन समितिका केन्द्रिय सदस्य तथा धिम्रीगाउँ समजाका अगुवा सुर्यालाल श्रेष्ठको नेत्तृत्वमा आर्थिक संकलन भएको कार्यक्रममा ध्रिम्रि गाउँका अध्यक्ष रुमाया गुरुङ्गले मृगौला पीडितका आमा धनमाया गुरुङ्ग र बुबा पुर्ण बहादुर गुरुङ्गलाई रु. ५ लाख ६४ हजार १ सय ६५ को चेक हस्तान्तरण गरेका छन् ।
उक्त रकम धिम्रीगाउँ समाजको पहलमा नविन चन्द्र गुरुङ्ग र पुर्णिमा गुरुङ्गको नेत्तृत्वमा हङ्गकङबाट संकलन भएको धिम्रीगाउँ समाजका कोषाध्यक्ष रिमाया गुरुङ्गले बताईन् । त्यस्तै कोषध्यक्ष गुरुङ्गले मृगौला पीडितको उपाचारको लागि आफूहरुले विभिन्न संघ संस्था आमा समूह, छरछिमेकी, अाफन्त र विभिन्न व्यक्तिहरुसंग संकलन गरी १ लाख ४७ हजार २ सय ५५ पिडितका दिदी, भिनाजुको हातबाट रकम काठमडौं पाठएको जनकारी गरिन् ।
गुरुङ्ग समाजका निर्देशन तथा अनुगमन समितिका केन्द्रिय सदस्य तथा धिम्रि गाउँ समाजका अगुवा सुर्यलाल गुङ्गले मृगौला पीडित जुन अहिले मृत्युको मुखमा लडिरहेको छ । उनको जीवन रक्षाको लागि सक्दो सहयोग गर्न अनुरोध गरेका छन् । उनले हल सम्ममा ३ लाख खर्च भैसकेको र उपचारको लागि ३० लाख सम्ममा खर्च लाग्ने भएको हुँदा तपाईहरुको सानो सहयोगले ज्यान बाच्न सक्ने भएको हुदाँ आर्थिक सहयोग गरिदिनु हुन अनुरोध गरेका छन् । उनले विरामीको बारेमा थप बुझ्न र सहयोग गर्नको लागि ९८४७०४६२२६ मा सम्पर्क गर्न सकिने बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %