गोविन्द घर्ति
देवदह ४ असार तोकिएकै समयमा संविधान घोषणा हुने नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन् । संविधान निर्माण प्रक्रियामा अन्य राजनैतिक दलहरु सग सहमतिको प्रयास भईरहेको हुदा तोकिएकै समयमा संविधान जारी हुने दावी थियो । रुपन्देहीको देवदहमा कार्यकर्ता संग भेटभाट गर्ने क्रममा सञ्चारकर्मी संग कुरा गर्दै नेता नेपालले संघीयको विषयमा समेत सहमति नजिक पुगेको बताएका थिए । नेपालले पहिलो संविधान सभामा संघीयताको विषयमा सहमति हुन नसकेको कारण संविधान जारी गर्न नसकिएको भएता पनि अहिले भने राजनैतिक दलहरु संग संघीयताका विषयमा छलफल भईरहेको र सवै दलहरु सहमति नजिक पुगेको हुदा संविधान माघ ८ गते भित्रै जारी हुने बताएका थिए ।
लोकतान्त्रिक संविधान निर्माणको लागी नागरिकबाट दवाव हुनु पर्नेमा नेता नेपालको जोड रहेको छ । नेकपा एमालेको ९ औं महाधिवेशनको अवसरमा कार्यकर्ता भेटघाटमा व्यस्त रहनु भएका नेता नेपालले पार्टीलाई सही दिशामा अगाडि बढाउन आफनो उम्मेदवारी रहेको बताए । पार्टीको पुर्वमहासचिव समेत रहनु भएका नेता नेपालले पार्टी एक ढिक्का बनाएर लैजान आफु सक्षम रहेको दावी समेत गरुका थिए । एकले अर्को पक्षलाई निषेध गरेर अगाडि बढदा पार्टीलाई वेफाइदा हुने हुदा मिलेर अगाडि।
