नीरज पिठाकोटे
पर्सा , १ असार – थारु कल्याणकारिणी समिति पर्सामा पुरानै कार्यसमितिलाई निरन्तरता दिने भएको छ ।
अध्यक्ष हेम नारायण चौधरी नेतृत्वलाई शनिबार भएको बन्दसत्रबाट पहिलेकै कार्यसमितिलाई निरन्तरता दिने निर्णय हो । समितिको बरिष्ठ उपाध्यक्षमा शिव नारायण गौरो, उपाध्यक्षमा बालेश्वर गौरो थारु र नन्द किशोर पंजियार थारुलाई चयन गरेको छ ।
यसैगरी सचिवमा भागवत प्रसाद थारु, कोषाध्यक्ष महेन्द्र चौधरीलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।
सदस्यहरुमा क्षेत्रगत हिसाबले क्रमशः राजु प्रसाद थारु, गौतम प्रसाद, थारु अमय कुमार दास शिव बच्चन महतो थारु, विरेन्द्र ठाकुर थारु, गोपाल चौधरी थारु, विरेन्द्र चौधरी थारु, शंकर प्रसाद चौधरी, रामेश्वर महतो थारु गरी हाललाई १५ सदस्यीय कार्यसमिति रहने र पछि थप गर्ने गरी ३५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको कोषाध्यक्ष महेन्द्र चौधरीले जानकारी दिए ।
