मुना मदन चलचित्र हेरेपछि मदनपोखराका ४ बिधार्थी रात भर हराए

Read Time:2 Minute, 30 Second

देब पचभैया

पाल्पा, जेठ २८ – चलचित्र मुना मदन हेरेपछि दमकडा उच्च माबि मदनपोखरा पाल्पामा कक्षा ४ मा अध्ययनरत ४ जना बिधार्थीहरु हिमाल देखिने बगनासको डाडो पुगेर तिब्बत जाने भन्दै ढलको लागी प्रयोग गरिने हेम पाईप भित्र रात कटाएका छन् ।

कक्षा ४ का बिधार्थीहरु केशब सोमै, सुदिप बस्याल, दिपक सिंजाली र उपेन्द्र कुमाल तिब्बत जाने भन्दै बिधालय छोडेर भागेका हुन् ।

उनीहरुले तानसेनमा प्रर्दशन भैरहेको नेपाली चलचित्र मुनामदन हेरेको अभिभाबकहरुले बताएका छन् । बिधार्थीहरुलाई  बिधालयले नै चलचित्र देखाउन एक हप्ता अघि  तानसेन ल्याएको थियो ।

मंगलबार  बिधालय गएका उनीहरु १ बजेको नास्ता समयमा किताब बिधालय नजिकै खोल्सामा रहेको रुख मुनि लुकाएर हिडेका थिए ।

हराउने मध्ये बिधार्थी केशब सोमैले आफ्नी बैनीलाई ३ दिन जान र ३ दिन आउन लाग्ने भनेर हिडेको बिधालयका प्रध्यानाध्यापक माधब पाठकले बताउनुभयो । नरोईबस्नु, टाढा गएर सुन ल्याईदिन्छु भनेका रैछन्, पाठकले भन्नुभयो ।

चलचित्रको प्रभाब देखिएको छ, प्रअ पाठकले भन्नुभयो “उनीहरुलाई आज केही भनेका छैनौ, कहा गयौ, के के भेट्यौ, कस्तो अनुभब भयो भनेर भोलि बिधालय आउदा एक एक पान्ना लेखेर ल्याउन भनेका छौ । “

हिमाल देखिने स्थान नायरनमतलेशको बगनास डाडा पुगेको, श्रीनगर डाडा घुमेको र रात परेपछि चिलाङ्गदी निर पानीको ढल काठ्न प्रयोग गर्न बाटोमा राखिएको सिमेन्टको पाईप भित्र रात काटेको उनीहरुले बताएका छन् । बिधालय बाटै बिधार्थी हराएपछि प्रहरीलाई खबर गरी, स्थानिय एफ,एम रेडियोमा सुचना प्रसारण गरी अभिभाबक र शिक्षकहरुले रातभर उनीहरुलाई खोजेका थिए । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %