सकारात्मक सोच विषयक तालिम सम्पन्न

Read Time:1 Minute, 47 Second

देब पचभैया

पाल्पा, जेठ २६ – गुम्बेली संयुक्त युवा सञ्जाल पाल्पाको आयोजना तथा बौघा गुम्हा गा.बि.स.को आर्थिक सहयोगमा सकारात्मक सोच विषयक दुई दिने तालिम सम्पन्न भएको छ ।

दूई दिन सम्म चलेको तालिममा ७० जना सहभागी रहेको थियो । गाबिसमा क्रियाशिल राजनैतिक पार्टीका प्रतिनिधि, समाजसेवी सहभागि रहेको कार्यक्रममा बोल्दै गुम्बेली संयुक्त युवा सञ्जाल पाल्पाका अध्यक्ष बिष्णु थापाले कामको खोजिमा युवाहरु विदेशीरहेको अवस्थामा सकारात्मक सोचका साथै प्रशसनीय दृष्टिकोणका साथ गाँउमै युवाहरु मिलेर पनि आर्थिक उर्पाजनका कार्यहरुमा सहकार्य गर्न सकियोस भन्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।

कार्यक्रममा होम स्टे बौघा गुम्हाका अध्यक्ष तथा पूर्व गाबिस अध्यक्ष टुक बहादुर थापा, नेपाली कांग्रेसका प्रेमनाथ घिमिरे, ने.क.पा. एमाले अध्यक्ष जुद्ध बहादुर थापा लगायतका वक्ताहरुले युवाहरुमा अहिले नकारात्मक सोच बढी रहेको र गलत बाटोमा गइरहेको अवस्थामा सञ्जालको यस कार्यक्रमको प्रभावकारीताको विषयमा प्रशंसा गरेका थिए । तालिमको सहजिकरण प्रशिक्षक राम बहादुर रावतले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %