देब पचभैया
पाल्पा २६ जेठ – पाल्पा उधोग वाणिज्य संघले संचालन गरेको १० दिने पाल्पा महोत्सवमा बचेको रकम सामाजिक काममा लगाउने भएको छ ।
महोत्सवबाट बचेको रकम मध्ये टुडिखेल मर्मत सम्भारको लागी २ लाख, टुडिखेल फुलवारी अगाडी रहेको विरेन्दै फुलवारी मर्मतको लागी २ लाख, श्रीनगर डाडामा पर्यटकीय पुर्वाधार निर्माणको लागी २ लाख र संघको बहुउदेश्सीय भवन निर्माणको लागी ३० लाख ६४ हजार ८ सय ७५ रुपैया विनियोजन गरेको पाल्पा उधोग बाणिज्य संघका अध्यक्ष राजु महर्जनले जानकारी दिए ।
पाल्पा उधोग बाणिज्य संघले गएको फागुन १६ गते देखी २५ गते सम्म संचालन गरेको पाल्पा महोत्सवमा ७७ लाख ३७ हजार ४ सय ७१ रुपैया आम्दानी गरेकोमा ४० लाख ७२ हजार ५ सय ९६ रुपैया खर्च भएको ३६ लाख ६४ हजार ८ सय ७५ रुपैया आम्दानी भएको छ ।
संघले आज आयोजना गरेको महोत्सवको आय व्यय सार्वजनिक कार्यक्रममा बोल्दै संघका अध्यक्ष राजु मर्हजनले पाल्पा पर्यटकीय स्थल भएकाले प्रशस्त मात्रामा जिल्लामा पर्यटकहरु भित्राउनको लागी पर्यटकीय पुर्वाधारहरु निर्माण जरुरी भएको बताए ।
कोषाध्यक्ष शुशिल प्रधानले महोत्सवको आय व्यय सार्वजनिक गर्दै आगामी बर्ष हुने महोत्सव बाट पनि सामाजिक काममो लागी बजेट विनियोज गरिने परम्परा कायम राखिने जानकारी दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीले पाल्पा पर्यटकिय गन्तव्यको रुपमा विकास भईरहेको अवस्थामा महोत्सवको आम्दानीको रकम पुर्वाधार निर्माणमा खर्च गरेर समाजमा नमुना काम गरेको बताए ।
कार्यक्रममा नेपाली काग्रेसका चकोरमान शाक्य, राष्ट्रिय जनमोर्चा नेपालका अनिल किशोर घिमिरे, अखण्ड पाटी नेपालका अध्यक्ष दिनेश रावल, नेकपा माओवादी पाल्पाका अध्यक्ष तुलाराम घर्ति मगर, नेपाल पत्रकार महासंघका अध्यक्ष राजेश कुमार अर्याल, संघका निवर्तमान अध्यक्ष मधुदयाल सैजुले सवै पक्ष मिलेर पाल्पाको पर्यटन पुर्वाधार विकासमा लाग्नु पर्ने कुरामा जोड दिए ।
बाणिज्य संघका महासचिव भिमसेन कार्कीले यसै बर्ष देखी संघले गोर्खेकोटमा बहुउधेश्यी भवन निर्माणको काम शुरु जानकारी दिए ।
