ब्लड क्यासर पिडीतलाई एक लाख सहयोग

Read Time:1 Minute, 34 Second

देब पचभैया

रकम अभावाका कारण उपचारमा कठिनाई भोगी रहेका कान्ति बाल अस्पतालमा उपचार्थ बालकलाई एक लाख रुपैयाँ सहयोग हस्तान्तरण गरीएको छ ।

 ब्लड क्यानसर पिडीत रोल्पा राङसी ३ रिमुलका ११ वर्षे भुवन घर्ति मगरको विगत एक बर्ष देखी  कान्ति बाल अस्पतालमा उपचारमा भईरहेको छ ।

घर्तीकी आमा मनिषा घर्ति मगरलाई सोमबार सेभेन सामुराईका एम डि डिल बहादुर मोक्तान, अध्यक्ष सुर्यलाल नगरकोटी र पत्रकार भरतबन्धु थापाले प्रदान गरेका थिए ।

रकम अभाव भएको जानकारी भएपछी जापानमा अध्ययनरत विद्यर्थीहरुको सस्था नमस्ते सिजुओका नेपालले ९१ ह्जार ८ सय ७७ रुपैया र सेभेन सामुराई ईन्टरनेशनल एजुकेशन सेन्टर प्रालीले ८ हजार १ सय २३ रुपैया गरेर एक लाख रुपैया प्रदान गरेको छ । 

अस्पतालका सहायक निदेशक डा कैलाश प्रसाद साहका अनुसार घर्तीका उपचारमा दिन प्रतिदिन राम्रो भएका बताएका छन् ।

नमस्ते सिजुओका नेपालका अध्यक्ष रेशम कुमार डगोलले जापानमा अध्धयनरत विद्यार्थीहरुले आफ्नो खर्च बाट सो रकम सहयोग गरेको बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %