बिधार्थी कुटेर ३० हजारमा उम्किए शिक्षक !

Read Time:5 Minute, 46 Second

देब  पचभैया

पाल्पा, जेठ २७ – गृहकार्य नगरेको भन्दै अस्पतालमै भर्ना भई उपचार गर्नुपर्ने गरी बिधार्थी कुटेका खानीगाउँ मावि बगैचाका गणित शिक्षक राम प्रसाद गैरेले बिधार्थीलाई ३० हजार तिर्ने भएका छन् ।

कक्षा ५ मा अध्यनरत दिलिप विकलाई उनले गएको २० गते निर्घात कुटेका थिए । बिधार्थी बिकको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि लुम्विनी मेडिकल कलेज प्रभासमा ३ दिन भर्ना भएर उपचार  गरिएको थियो । आईतबार अस्पताल बाट डिस्चार्ज भएका उनको टाउको र अनुहार सुन्निएकोले अस्पतालमै भर्ना गरी उपचार गरिएको थियो ।

शिक्षक गैरेले गृहकार्य नगरेको भन्दै कक्षा ५ का अन्य १२ जना विधार्थी लाई पनि लाईन लगाएर कुटेको अभिभाबकहरुले बताएका थिए । शिक्षक गैरेले भने आफुले अरु बिधार्थीलाई केही सजाय दिएपनि बिरामी भएको जानकारी पाएपछि दिलिप बिकलाई छुदै नछुएको दाबी गदै आएका थिए । सोमबार बेलुकी भएको सर्बपक्षिय भेलामा शिक्षक गैरेले गल्ती स्वीकार गर्दे बिधार्थीको उपचार खर्च स्वरुप तत्काल ३० हजार दिने सहमतिमा मुद्धा टुङ्गयाईएको खानीगाउ माबिका प्रअ रेश्मीराज गैरेले जानकारी दिए ।  

कुटाई खाएका विधार्थी अर्को दिन विधालय जान नमानेपछि मात्र अबिभावकहरुले घटनाको जानकारी पाएका थिए । आमा पार्वती विकले  विहिवार जिल्ला शिक्षा कार्यालय र जिल्ला प्रहरी कार्यालयमा घटनाको बारेमा मौखिक जानकारी गराएकी थिईन् । सहमति भएको हो, शिक्षक गैरेले टेलिफोनमा भने के भयो भन्नेकुरा उतै बुझ्नुस ।

बिधार्थी कुट्ने हेडसरले पनि माफी मागे

यस्तै अनुशासन तोडेको नाउमा अस्पतालमै भर्ना हुने गरी बिधार्थी कुटेका सरस्वती माबि सुन्दरगाउँ तानसेनका प्रध्यानाध्यापक शंकर पौडेलले पनि गल्ती गरेको भन्दै बिधार्थी संग माफी मागेका छन् ।

उनले गएको २१ गते कक्षा १० का प्रकास सुनारलाई कुटपिट गरेका थिए । लाईन बसेको बेला सर्टको घाटी र हात निरको बाहुलामा टाक नलगाएको भन्दै पौडेलले बिधार्थी सुनारलाई कार्यालयमा लगेर कुटपिट गरेका थिए । छोरा बिधालय जानै  नसक्ने गरी बिरामी भएपछि उनकी  आमा लक्ष्मी सुनारले छोराको उपचार गरी प्राचार्य शंकर पौडेलाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय र शिक्षा कार्यालयमा जानकारी गराएकी थिईन् । ढाड लगाएतका क्षेत्रमा नराम्ररी चोट लागेका सुनारको जिल्ला अस्पताल र लुम्बिनि मेडिकल कलेज प्रभास तानसेनमा भर्ना गरी उपचार गरिएको थियो ।  

प्रभास प्रहरी चौकीमा भएको दुईपक्षिय छलफलमा गल्ती गरेको भन्दै आफुले बिधार्थी संग माफी मागेको, बिधार्थीको उपचार खर्च बेहोरेको, पिडित पक्षले प्रहरी र शिक्षा कार्यालयमा दिएको उजुरी फिर्ता लिने र बिधार्थी अनुसासनमा बस्ने सहमति भएको प्रध्यानाध्यापक पौडेलले बताए ।

बिधालयमा अनुसाशन कायम गर्न ब्यवहारिक रुपमा ठिक काम गरेपनि कानुनी रुपमा गल्ती गरेको महशुस गरी मैले गल्ती स्वीकारेको हु, प्रअ पौडेलले भने । तर सहमति गर्ने भन्ने कुरा मात्रै भएपनि लिखित सहमति नभएको सुनारका अभिभाबकले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरिक्षक शिब कुमार श्रेष्ठले घटनाको बारेमा आफुहरुलाई आधिकारीक निबेदन नआएकाले कारबाही अगाडि नबढेको बताए । निबेदन नआएपनि प्रहरीले आफ्नो किसिमबाट घटनाको अनुसन्धान गरीरहेको उहाको भनाई छ । बिधार्थीलाई यातना दिएको घटना हो, प्रहरी नायब उपरिक्षक श्रेष्ठले भन्नुभयो यो अदालत जाने केश भएपनि उजुरी परेको छैन । मेलमिलापमा टुङ्गयाउन नमिल्ने घटना भएपनि पिडित पक्षले कानुनी कारबाहीको माग नगरेको उनको भनाई छ ।

जिल्ला बालअधिकार अधिकृत हरी बहादुर सारुले यसरी सहमतिमा मुद्धा टुङ्गयाउदै जाने हो भने बालबालिकाको अधिकार संरक्षण हुन नसक्ने बताए । बालअधिकारको हनन्को मुद्धामा राजनैतिक दबाब भई सहमतिमा टुङ्गीने कुरा दुखद हो, उनले भने घटनाको निश्पक्ष छानबिन र दोशीलाई कारबाही हुनुपर्छ ।

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %