भैरब आङ्ला, धरान
सोलुको बेनी –२ बस्ने १८ बर्षिय गोबिन्द बिश्वकर्माले ४२ बर्षिय बुवा धनबहादुर विश्वकर्माको हत्या गरेका हुन् । बाबुछोराबीच मादकपदार्थ सेवन गरी विवाद हुँदा छोराले बुवालाई दाउराको चिर्पटले टाउकोमा प्रहार गर्दा घटनास्थलमा नै ज्यान गएको पुर्व क्षेत्र प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घटनास्थलमा प्रहरी चौकी बेनीबाट प्रहरी टोली खटिई अभियुक्त गोबिन्दलाई पक्राउ गरि थप अनुसन्धान समेत गरिरहेको छ ।
यसैबीच, झापामा आफ्नै नवजात शिशुको हत्या गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । नवजात शिशु छोरी जन्माएर घर नजिक खाल्डोमा गाडेर हत्या गरेको आरोपमा झापाको शान्तीनगर –४ बस्ने अबिवाहिता २४ बर्षिया छविमाया सार्कीलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको हो ।
ती महिलासँग इलाका प्रहरी कार्यालय बुधबारेको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ । यसैबीच धनकुटाको लेगुवा –४ स्थित अरुण नदीको किनारमा नामथर ठेगाना नखुलेको अन्दाजी ४५ बर्षिया मंगोलियन अनुहार भएकी महिला मृत फेला परेको प्रहरीले जनाएको छ ।
