बैदेशिक रोजगारी बिषयक अभिमुखीकरण

Read Time:2 Minute, 1 Second

देब पचभैया

हेटौंडा, जेठ २४ बैदेशिक रोजगारी बिषयक एक दिने अभिमुखीकरण कार्यक्रम शनिबार  हेटौँडामा सम्पन्न भएको छ ।

कार्यक्रम हेटौँडा नगरपालिकासँगको सहकार्यमा नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद हेटौँडाले आयोजना गरेको हो । कार्यक्रम हेटौँडा नगरपालिका, सामाजिक बिकास महाशाखाका प्रबन्धक भिमप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्य तथा नेपाल मगर संघका केन्द्रिय सदस्य विश्व आले मगरको बिशेष आतिथ्य रहेको थियो । कार्यक्रममा नेपाल मगर युवा संघका केन्द्रिय अध्यक्ष अशोक सारु मगरले सहजिकरण गगरेका थिए ।

मकवानपुरमा रहेका दश आदिवासी जनजाति संस्थाका ३० जना प्रतिनिधिको सहभागिता रहेको कार्यक्रम आदिवासी जनजाति महासंघ हेटौँडाका अध्यक्ष जंगबहादुर गुरुङ्गको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाल कुमाल समाज सुधार समितिका जिल्ला अध्यक्ष भैरवबहादुर कुमाल, नेपाल आदिवासी जनजाति महासंघ हेटौँडाका कोषाध्यक्ष नरेशलाल श्रेष्ठ, सचिव भिम भुजेललगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

 कार्यक्रममा वैदेशिक रोजगारीको अवस्था, चुनौती र तयारी, वैदेशिक रोजगार ठगी र उद्दार, श्रम नीति तथा प्राबधानहरु, वैदेशिक रोजगारको घटना अध्ययनलगाएतका बिषयमा प्रशिक्षण दिईएको नेपाल आदिवासी जनजाति महासंघ हेटौँडाका सचिव भिम भुजेलले जानकारी दिए ।

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %