राजमुपा र सं स पा बिचको एकिकरण प्रक्रिया तिव्र रुपमा अगाडि

सिद्घार्थ हिम्डुङ्ग                                                         

काठमाडौँ, २०७१ जेष्ठ २३ गते – राष्ट्रिय जनमुक्ती पार्टी र संघिय समाजवादी पार्टी बिचको एकिकरण प्रक्रिया तिव्र रुपमा अगाडि बढिरहेको छ ।

राष्ट्रिय जनमुक्ती पार्टीका उपाध्यक्ष तथा सभासद शिवलाल थापामगरको सँयोजकत्वमा रहेको एकिकरण कार्यदलमा केही हेरफेर गरिएको छ । संविधानसभा भित्र अत्यन्त महत्वपूर्ण विषयहरुमध्ये राज्यको पुनर्संरचना, शासकीय स्वरुप, न्यायप्रणाली  र मौलिक अधिकार तथा निर्देशक सिद्घान्त जस्ता अत्यन्त महत्वपूर्ण विषयहरुमा बहस र छलफल गर्नुपर्ने लगायत बिकास निर्माणका कार्यहरुमा व्यस्त रहनुपर्ने भइ एकिकरण तर्फ उहाँले समय दिन नभ्याइने भएको कारणले पार्टीको यही २०७१ जेष्ठ ५, ६ र ७ गते बुटवलमा बसेको केन्द्रिय समितिको बैठकले महासचिव श्री केशव सूर्यवंशीको सँयोजकत्वमा ५ सदस्यीय एकिकरण कार्यदल गठन भएको छ । अन्य सदस्यहरुमा पार्टीका उपमहासचिव रविन्द्र थिङ, स्थायी समितिका सदस्यहरु रामु परियार, बुद्घश्री लामा र टिकाराम शर्मा रहेका छन् ।

     संघिय समाजवादी पार्टीको तर्फबाट महासचिव श्री राजेन्द्र श्रेष्ठको सँयोजकत्वमा यसभन्दा अगाडिनै कार्यदल गठन भइसकेको छ । उहाँ स्वदेशभन्दा बाहिर रहनुभएकोले एकिकरण प्रक्रिया केही समय रोकिएको छ । हाल उहाँ नेपालमा आइसकेको जानकारी प्राप्त  भएको छ । अब केही दिन पश्चातनै यि दुई पार्टी बिच गठन भएको कार्यदलले सक्रियता पूर्वक आफ्नो कार्यक्रम अगाडी बढाउने कुरा मा० सभासद शिवलाल थापा मगरले जानकारी गराए । 

सिद्घार्थ हिम्डुङ्ग सभासद शिवलाल थापा मगरका स्वकिय सचिव हुन् ।