देब पचभैया
काठमाडौं, २२ जेठ – नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) ले नवनिर्वाचित आदिबासी जनजाति युवा महासंघका पदाधिकारीहरुलाई बधाई तथा सम्मान गरेको छ ।
युवा महासंघका नवनिर्वाचित कार्यसमिति पदाधिकारीहरुलाई फोनिजका अध्यक्ष डण्ड गुरुङले खदा लगाई बधाई तथा सम्मान गरेका हुन् । अध्यक्ष गुरुङले युवा महासंघले जनजातिका मुद्दामा डटेर लाग्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने तथा आफ्नो समुदायमा राजनीतिक लगायत हरेक चेतनाको विकास गर्न अहम भूमिका निर्वाह गर्नसक्ने बताए । फोनिजको सम्मानले आफुमाथी जनजाति युवाहरुमा मार्गनिर्देश गर्न ठूलो जिम्मेवारी थपिएको महसुस भएको युवा महासंघका नवनिर्वाचित अध्यक्ष ज्ञानेन्द्र पुनले बताए ।
कार्यक्रम फोनिजको सभाहलमा सम्पन्न भएको हो ।
