सशत्र प्रहरी कार्यालय राख्ने स्थानको बारे स्थानिय र समिति बिच बिबाद

Read Time:4 Minute, 34 Second

देब पचभैया

पाल्पा, जेठ २१ – शसत्र प्रहरीको बेश क्याम्प स्थापना गर्ने बिषयमा सरकारी जग्गा ब्यवस्थापन समितिको निर्णय स्थानिय बासीले अस्विकार गरेका छन् । सदरमुकाम तानसेनको सुरक्षाको लागी नौ महिना अघि देखि तानसेनमा खटिएको सशत्र प्रहरीको कार्यालय स्थापना गर्ने बिषयमा तानसेन ११ काजीपौवाका स्थानियले बिरोध गरेका हुन् । कार्यालय स्थापना हुने स्थानको छनौट हुन नसक्दा जिल्ला बिकास समिति पाल्पाको भवनमा भाडा तिरेर प्रहरी बसिरहेको छ ।

सरकारी जग्गा ब्यवस्थापन समिती पाल्पाले शसत्र प्रहरी कार्यालय स्थापना गर्न जिल्लाका बिभिन्न  स्थानको खोजी गर्ने क्रममा तानसेन ११ काजीपौवामा रहेको कुशुमडाडालाई उपयुक्त ठानेर स्थानियबासी, जिल्लाका राजनैतिक दल, नागरिक समाज लगाएत संग बिभिन्न चरणमा छलफल चलाएको छ ।

सरकारको नाउको लालपुर्जा भएको ४८ रोपनी जग्गा प्राबिधिक हिसाबले पनि उपयुतm रहेकोले आफुहरुले केन्द्रमा सिफारिस गर्न थालेको ब्यवस्थापन समितिका सदस्य सचिब एबं जिल्ला  मालपोत कार्यालय पाल्पाका प्रमुख नवराज बरालले जानकारी दिए ।

समितिले बिभिन्न चरणमा आयोजना गरेको जिल्लाका राजनैतिक दल र सर्बपक्षिय भेलामा स्थानियको राय बुझेर प्रहरीको कार्यालले सोही स्थानमा राख्न सहमति जनाएकाले स्थानिय संग पनि छलफल र अन्र्तक्रिया गरिरहेको पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी निरन्जन ज्ञवालीले जानकारी दिए ।

स्थानियले भने आफुहरुको सास फेर्ने ठाउ भएको भन्दै बषौ देखि संरक्षण गर्दे आएको ठाउमा कुनै पनि कार्यालय बनाउन नहुनेमा जोड दिएका छन् । बर्षौ अघि देखि सामाजिक , धार्मिक कार्य गर्दे आएको र बिभिन्न भेलाहरु गर्ने स्थानको रुपमा रहेकाले त्याहा प्रहरीको कार्यालय स्थापना हुन नुहने स्थानिय गिरबहादुर थापाले बताए ।

मालपोत कार्यालयका प्रमुख बरालले भने केन्द्रमा सिफारिस हुन लागेको स्थान वरिपरि ११ घर मात्रै रहेको र अनाबश्यक रुपमा प्रभाबित क्षेत्र बाहिरका मान्छेहरु पनि आन्दोलनमा उत्रिएको बताए । कुशुमडाडामा रहेको मन्दिर र बगैचालाई संरक्षण गरेर त्याहाको बिकास निर्माण गर्ने र प्रहरीको कार्यालय स्थापना गर्ने बिषयमा स्थानिय संग निरन्तर छलफल भैरहेको उनको भनाई छ । स्थानियहरुले भने सो स्थानमा कार्यालय स्थापना नगरौ भन्दै जिल्ला प्रशासन, राजनैतिक दलका नेताहरुलाई भेटेर दबाब दिईरहेका छन् ।

संबिधान सभाको दोश्र्रो निर्बाचन संगै पाल्पामा आएको सशत्र प्रहरीको परिचालन, दैनिक गस्तीले सदरमुृकामको शान्ती सुब्यवस्था राम्रो भएको धेरैले अनुभब गरेका छन् ।

पाल्पा संगै शसत्र प्रहरी  स्थापनाको स्विकृती पाएको गुल्मी र मुस्ताङ्गमा भने कार्यालय स्थापनाको धमाधम काम भैरहेको तर पाल्पामा जग्गाकै टुंङ्गो नलाग्नु दुखद भएको नागरिक अगुवाहरुले गुनासो गरेका छन् ।

स्थानियबासीको असन्तुष्टिलाई संबोधन गरेर तत्काल शसत्र प्रहरी कार्यालयको बेश क्याम्प स्थापना गर्नुपर्नेमा जिल्ला बासीले जोड दिएका छन् ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %