गोविन्द घर्तीमगर
जेठ १६ । चेतना अभावका कारण समाजमा महिला हिंसाको घटना बढ्दै गएको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । महिला समन्वय समिति देवदहको आयोजनामा भएको ३ दिने महिला हिंसा विरुद्ध तालिममा वोल्दै उनीहरुले महिला हिंसा एउटा सामाजिक समस्या भएकोले त्यसको अन्त्यका लागि महिला तथा पुरुषहरु एक भएर लाग्नु पर्नेमा जोड दिएका छन् ।
समन्वय समितिका उपाध्यक्ष विद्यालक्ष्मी गुरुङको अध्यक्षता र देवदह नगरपालिकाका कार्यकारी अधिकृत टेकराज भट्टराईको आतिथ्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेस देवदह सभापति दुर्गाबहादुर राना, नेकपा एमाले देवदह नगर कमिटीका सदस्य केशव भट्टराई, नेकपा एकिकृतका राजु भुजेल,जनमुक्ति पार्टीका डम्वरबहादुर थापा,रेडियो देवदहका स्टेशन म्यानेजर यम राना लगायतले बोल्दै महिला हिंसा अन्त्यका लागि आ–आफनो तहबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रम सञ्जालका सदस्य पार्वती न्यौपानेको स्वागत र सदस्य सचिव मधु केसीको सन्चालनमा भएको थियो ।
बिभेदको समूल अन्त्यका लागि ब्यबहारिक रुपमा सबै प्रतिबद्ध हुनुपर्ने कार्यक्रमका वक्ताहरुले औंल्याएका छन । बिभेद बिरुद्धको १२ दिने अभियानको क्रममा रुपन्देहीको सिक्टहनमा आयोजित शान्ति ¥याली पछि नेपालका दलित समुदाय अझै पनि छुवाछुतको पिडामा परेकाले यसको अन्त्यका लागि सवै वर्गको हातेमालो जरुरी रहेको उनीहरुको भनाइ रहेको छ । जागरण मिडिया सेन्टर साझा पहल परियोजना रुपन्देही र विभिन्न अधिकारकर्मी संघ संस्थाहरुको आयोजनामा भएको अभियानमा बोल्दै सिक्टहन गाबिस सचिब दुर्गाबहादुर श्रीसले आफैबाट बिभेद हटाउनका लागि र समाजलाइ शिक्षित बनाउनु आजको आबश्यकता भएको बताए ।
जेठ २१ गते छुवाछुत मुक्त राष्ट्र घोषणा भएको र जेठ १० गते कसुर र सजाय ऐन २०६८ जारी भएकोले जेठ १० देखि २१ सम्म विभेदविरुद्ध १२ दिनसम्म अभियान सञ्चालन गरिएको परियोजना प्रमुख इन्द्र विश्वकर्माले जानकारी गराए ।
