डरलाग्दा तस्बिर छापिएको कभर छोडेर चुरोटका खिल्लीमात्रै घर लैजाने बढे

Read Time:2 Minute, 27 Second

देब पचभैया

पाल्पा, जेठ १७ – डरलाग्दा तस्बिर छाएिको सुर्तिजन्य पर्दाथको खोल पसलमै छाडेर भित्रका सामाग्री मात्रै

घर लैजानेको सख्या बढेको भन्दै जिल्ला प्रशासक कार्यालय पाल्पाले अनिबार्य चुरोट र सुर्ति जन्य पदार्थ बिक्रिगर्दा खोल बिना नबेच्न बिक्रेताहरुलाई सचेत गराएको छ ।

सुर्तिजन्य पदार्थका खोलहरुमा शरिरका बिभिन्न अंगहरुमा क्यान्सर लगाएतका रोग लागेका डर लाग्दा तस्बिर छापिएको र त्यो तस्बिर देखेमा घर परिवारका सदस्यले  प्रयोग गर्न नदिने भन्दै उपभोतmाहरुले खोल बिना चुरोट लगाएतका सामाग्री घर लागे प्रबृति बढेपछि बिना कभर चुरोट लगाएतका सामान नबेच्न आग्रह गरिएको पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी निरन्जन ज्ञवालीले बताए ।

कम्पनीहरुले सुर्तिजन्य पदार्थको कभरमा ७५ प्रतिशत चेतना मुलक रंगिन तस्बिर छापिएको चित्र राखेर मात्रै उत्पादन र बिक्रि बितरण गर्नुपर्ने अनिबार्य ब्यवस्था भएकाले बिना कभर चुरोट लगाएतका सामान बेच्नेलाई कानुन अनुसार ५ हजार जरिवाना र अन्य कारबाही गरिने ब्यवस्था भएको पनि ज्ञवालीले जानकारी दिए । सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने नियमावली २०६८ जारी भएपछि सार्बजनिक स्थलहरुमा सुर्तिजन्य पदार्थको उपभोग , बिक्रि बितरण गर्न नपाईने, १८ बर्ष नपुगेका र गर्भवती महिलाहरुलाई बिक्रि बितरण गर्न नपाईने ब्यवस्था गरिएको छ ।

नियमावलीमा उल्लेख गरिएको सार्बजनिक स्थलमा सडक नपरेको र सरकारले नियमावली  ल्याएपनि यस सम्बन्धि निर्देशिका नआएकाले यसको ब्यवहारिक कार्यान्वायनमा समस्या भएको ज्ञवालीले बताएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %