गोविन्द घर्ति
देवदह जेठ १५ । राज्यको दुई खाले शिक्षा नीतिका कारण नीजि विद्यालयहरू मारमा परेको प्याव्सन रुपन्देहीका अध्यक्ष सुदीप केसीको भनाइ थियो । केसीले नीजि विद्यालयहरुले शिक्षा क्षेत्रमा अह्म भूमिका निर्वाह गरेको दावी थियो । ईप्सा रुपन्देहीले देवदह नगरपालिकामा आयोजना गरेको वक्तृत्वकला प्रतियोगिता कार्यक्रममा बोल्दै केसीले उक्त कुरा बताएकाहुन् ।
अध्यक्ष केसीले नीजि विद्यालय संचालको लागि छुट्टै ऐन ल्याउन् पर्नेमा जोड दिएका थिए । ईप्सा रुपन्देहीका अध्यक्ष एकनारायण काफलेेको अध्यक्षतामा भएको कार्यक्रममा देवदह मदरटङ्गस एकेडेमीका प्रवन्ध निर्देशक भिमप्रसाद तमु, पिष्णु पोखरेल लगायतले आ–आफना भनाई राखेका थिए । चित्रकला प्रतियोगितामा बुद्धपव्लिक बोडिङ्गका अभिषेक चौधरी प्रथम, मदरटङ्गस एकेडेमीका मनोज राना द्धितिय, एसिएन लाईट बोडिङ्गका सन्दिप कवर तृतिय र सरस्वती बोडिङ्गका पवन रसाईली सान्तवना भएका छन् । त्यसैगरी मावि तर्फको वक्तृत्वकला प्रतियोगितामा सरस्वती बोडिङ्गका विना गैरे प्रथम, ग्रिनप्लान्टका सृष्टि मल्ल द्धितिय, मदरटङ्गस एकेडेमीका पुजा न्यौपाने तृतिय र सेभेन स्टारका सागर पाण्डे सान्तवना भएका छन् ।
निमावि तर्फको वक्तृत्वकला प्रतियोगितामा मदरटङ्गस एकेडेमीका मुस्ताङ गुरुङ्ग प्रथम, ग्रिनप्लान्टका निसा भट्टराई द्धितिय, सरस्वती बोडिङ्गका एलिना पाण्डे तृतिय र सेभेन स्टारका रितु पोखरेल सान्तवना भएको ईप्साले जनाएको छ । ईप्सा रुपन्देहीका उपाध्यक्ष टंक पोखरेलको स्वागत र सचिव हरी ढकालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
