मगर संघको एक दिने प्रशिक्षण सम्पन्न

Read Time:2 Minute, 24 Second

देब पचभैया

पाल्पा, जेठ १५ गते – नेपाल मगर संघ पाल्पाले बिहिबार एक दिने प्रशिक्षण कार्यक्रम तानसेनमा सम्पन्न गरेको  छ । प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष वसन्त घर्तीमगरले संघीय राज्य प्रणालीले मात्र उत्पीडित समुदायलाई अधिकार प्रदान गर्ने बताए । मगर समुदाय जातीय जनसंख्यामा तेस्रोमा पर्ने भए पनि उत्पीडित भएको बताउँदै संघीयता सहितको मगरात स्वायत्त राज्यले मात्र सबै समुदायलाई अधिकार सम्पन्न गराउने घर्तीले दाबी गरे ।

मगर संघले सबै समुदायको अधिकार र हकप्रति सम्मान गर्ने बताउँदै उनले आफूहरुले मागेको मगरात मगरको मात्र नभएर सबै जाति क्षेत्र र वर्गको पहिचान भएको दावी गरे ।

कार्यक्रममा मगर संघ पाल्पाका कानुनी सल्लाहकार दोलख रास्कोटीले अल्पसंख्यक र उत्पीडित समुदाय अहिलेपनि बहुसंख्यक जातिको अधिनमा बस्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको बताए । उनले आदिवासी जनजाति समुदायको पहिचान, संस्कृति र भाषा संरक्षण र विकासमा राज्यले ध्यान दिनुको साँटो सौतेनी व्यवहार गरेको आरोप लगाए ।

संघका अध्यक्ष बलबहादुर गाहाले जिल्लाभर संगठन सुदृढ र विस्तार अभियानका लागि प्रशिक्षणले सहयोग पुग्ने बताए । उनले संघलाई अझ शसक्त र दरिलो बनाउन सबै मगर समुदायले संघलाई सहयोग गर्नुपर्नेमा जोड दिए । प्रशक्षिणमा  जिल्लाभरका मगर समुदायका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रम संघका अध्यक्ष बलबहादुर गाहाको सभापतित्व र सचिव रामबहादुर गरंजा (यसकुमार)को संचालनमा सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %