देब पचभैया
पाल्पा, जेठ १५ – पाल्पाको तानसेनमा पाल्पा संग्राहलय स्थापना भएको छ । सम्पदा प्रतिस्ठानले तानसेनको लहरेपिपलमा पाल्पा संग्राहलयको स्थापना गरेको हो । संग्राहलय स्थापना सम्बन्धि जानकारी दिन बिहिबार आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा प्रतिस्थानका अध्यक्ष राजेन्द्र गोपाल सिंहले यही महिना देखि सर्बसाधारणलाई देखाउने गरी संग्राहलयको काम भैरहेको जानकारी दिए ।
पुर्खाहरुले हिजो प्रयोग गरेका सामाग्रीहरु आज नौला भएको भन्दै उनले पुराना सामानको महत्व दर्साउन आफुहरुले संग्राहलयको स्थापना गरेको बताए ।
स्थानिय कला र सस्कृतिलाई बचाउन र समग्र जिल्लाको पहिचानको लागी संग्राहलले टेवा पुग्ने उनको बिश्वास छ ।
संग्राहलमा पाल्पा बाट २०१८ सालमा प्रकाशित पाल्पा पत्रिका देखि लिएर बर्षौ पहिले प्रयोग हुने काठको चप्पल, ठेकी, क्यामेरा, भाडाकुडाहरु, जातिय पहिचानका प्रतिक लगाएतका सामाग्रीहरु राखिएका छन् । झण्डै ७ लाखको खर्चमा संग्राहलय तयार हुन लागेको सम्पदा प्रतिस्थानले जानकारी दिएको छ ।
पाल्पा दरबारलाई संग्रालय बनाउने तयारी भैरहेको भन्दै प्रतिस्थानका अध्यक्ष सिहले आफुहरुले तयार पारेका सामग्री पनि त्यही संग्राहलयमा राख्न तयार रहेको जानकारी दिए ।
