गोविन्द घर्ति देवदह जेठ १५ । लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न राष्ट्रिय अर्थतन्त्र बलियो हुनु पर्ने देवदह नगरपालिका आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन् । उनीहरुले गणतन्त्रलाई संस्थागत गर्नको लागि आन्तरिक लोकतन्त्र बलियो हुनु पर्ने बताएका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले सामन्तवाद रहे सम्म गणतन्त्र संस्थागत हुन नसक्ने हुदा सुशासन र पारदर्शिता आवश्यक रहेको औल्याएका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले संविधान निर्माण गर्न नसके गणतन्त्र संस्थागत हुन नसक्ने हुदा लोकतान्त्रि संविधान निर्माण गर्न सम्पूर्ण राजनैतिक दलहरु ईमान्दार भएर लाग्नु पर्नेमा जोड दिएका थिए । ७ औं गणतन्त्र दिवसको अवसरमा देवदह साप्ताहिकको आयोजना र देवदह नगरपालिकाको सहयोगमा आयोजित गणतन्त्र दिवस र यसको महत्व विषयक अन्तरकृया कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका कार्यकारी अधिकृत टेकराज भट्टराईले गणतन्त्र दिवसलाई पर्वको रुपमा मनाउन सवैले ध्यान दिनु पर्ने बताएका थिए । भट्टराईले गणतन्त्र दिवसको दिन विदा मनाउने नाममा अन्य काममा समय दिन नहुनेमा जोड दिएका थिए ।
देवदह साप्ताहिकका त्रिलोचन दाहालको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका संघीय परिषद सदस्य दलबहादुर विरकट्टा, नेकपा एमाले सचिवालय सदस्य सिद्धिचरण भट्टराई, एमाओवादीका जिल्ला सदस्य कृष्ण ढकाल, टिका गौतम, नेपाली काग्रेसका क्षेत्रीय सचिव वासुदेव रिमाल, नेकपा माओवादीका क्षेत्रीय ईन्चार्ज नमराज पुरी, नेपाली काग्रेस देवदहका सभापति दुर्गा बहादुर राना, एमाले देवदहका पदम थापा, राष्ट्रिय जनमोर्चाका हरी केसी, रेडियो देवदहका स्टेशन म्यानेजर यम राना लगायतले मन्तब्य राखेका थिए । त्यसैगरी जयकिशन अधिकारी, प्रकाश अर्याल, टिकाराम चापागाई, कोष बहादुर गुरुङ्ग, दिनानाथ अर्याल, विष्णु ज्ञवाली, गोविन्द ठडराई, अर्जुन ढकाल, राम बहादुर पराजुली लगायतले बोलेका थिए । भिम संचालनमा भएको कार्यक्रममा देवदह साप्ताहिकका सम्पादक रामबहादुर गुरुङ्गले कार्यपत्र प्रस्तुत गरेका थिए ।
