देब पचभैया
पाल्पा, जेठ १४ – २०६९ साल जेठ १४ गते नया संबिधान जारी हुन नदिएको भन्दै राष्ट्रिय जनमुक्ति पार्टी मगरात राज्य परिषद पाल्पा इकाईले तानसेनमा जेठ १४ लाई कालो दिनको रुपमा मनाएको छ ।

पहिचानको मुद्धा संबिधानमै स्थापित हुने देखेर बिभिन्न तत्वहरुले संबिधान निर्माणमा अबरोध गरेको र आगामी माघ ८ गते पनि कुनै पनि बाहाना गरेर संबिधान जारी हुन नदिन सक्ने भन्दै खबरदारी स्वरुप कार्यक्रम गरिएको आयोजकहरुले बताएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दे जनमुक्ति पार्टीका केन्द्रिय उपमहासचिब एबं केन्द्रिय प्रचार बिभाग प्रमख टोप अस्लामीले जेठ १४ मा संबिधान जारी नगरेर जनताको अरबौ रुपिया खेर गएको र ४ बर्षको महत्वपुर्ण समय पनि खेर फालेको बताए ।
अहिले पनि राजनैतिक कचिंङ्गगल बढेको , महङ्गी भ्रष्ट्राचार चुलिएकोले न्याय प्रेमी जनता एक भएर यसको बिरोध गर्दे समयमै संबिधान जारी गर्नको लागी अगाढी बढ्न पनि उनले सबैलाई आग्रह गरे ।
