कमल चौधरी – बुटवल
भैरहवा – नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् रुपन्देहीको आयोजन र जिल्ला विकास समिति रुपन्देहीको सहयोगमा ४५ दिने आधारभूत कम्प्युटर कक्षा सञ्चालनको समुद्घाट मंगलबार एक कार्यक्रमका बीच सिद्धार्थनगर अञ्चलपुर भैरहवामा सम्पन्न भएको छ ।
आधारभूत कम्प्युटर कक्षा सञ्चालनको समुद्घाट कार्यक्रममा बोल्दै बक्ताहरुले आदिवासी जनजाति समुदायको विज्ञान तथा प्राविधिक क्षेत्रमा पहँुच पु¥याउनको लागि कम्प्युटर तालिम आवश्यक रहेकोमा जोड दिए । युवा वर्गलाई सैद्धान्तिक शिक्षाले मात्र प्रयाप्त नहुने भन्दै नयाँ नयाँ प्राविधिक जगत्मा प्रविधिसंग खेल्न र गाउँ, समाज, राष्ट्र र विश्वलाई नै परिवर्तन गर्न प्राविधिक शिक्षा हुनुआवश्यक रहेको जोड दिएका थिए ।
महासंघ जिल्ला अध्यक्ष सन्तराम चौधरीको अध्यक्षता,जिल्ला विकास समिति रुपन्देहीका योजना तथा प्रशासकिय अधिकृत गजेन्द्र नाथ शार्मको प्रमुख अतिथ्यता रहेको समुद्घटन कार्यक्रममा नेपाल मगर संघका जिल्ला अध्यक्ष दलबहादुर बिरकट्टा मगर, तमू ह्यूल छोंज धींका जिल्ला सल्लाहकार देवी गुरुङ्ग, कलेज अफ सफटवर इन्जीनियरिङ्ग(सि.एस.सि)का प्रवन्धक राजेश रावल लागएतले बोलेका थिए ।
उक्त कार्यक्रम अदिवासी जनजाति महासंघ समन्वय परिषद् सिदार्थनगरका अध्यक्ष चक्रबहादुर रानाको स्वगत र महासंघका जिल्ला सचिव गंगा पुनको संचालनमा कार्याक्रम सम्पन्न भएको थियो ।
