आदिवासी जनजाति विद्यार्थी महासंघको अध्यक्षमा दुजाङ निर्वाचित

Read Time:2 Minute, 7 Second

मनोज घर्तीमगर 

पोखरा , १४ जेठ – पोखरामा जेठ १०–१२ सम्म भएको नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघको पाँचौं राष्र्टिय महाधिवेशनबाट अध्यक्षमा दुजाङ शेर्पा निर्वाचित भएका छन् ।

यस्तै समितिको वरिष्ठ उपाध्यक्ष भरतकुमार याक्खा, उपाध्यक्ष डेकिन्द्रकुमार राई, महिला उपाध्यक्ष सपना थामी, महासचिव वसन्तकुमार लिम्बू, उपमहासचिव मनिन्द्र सिंह दनुवार, संगठन सचिव कृष्णगोपाल हायु, प्रचार सचिव जितेन्द्र छन्तयाल, महिला सचिव युजिन लामा वालुङ र कोषाध्यक्षमा  निर्मल तामाङ निर्वाचित भएका छन्  ।

सचिवालय सदस्यहरुमा विमल सुनुवार, करण नगरकोटी पहरी। जयप्रकाश सिंह गन्गाई, महिला सदस्य गोमा राई (खोटाङ), सिर्जना तमु (काठमाडौं), लीला रानामगर ‘रोदन’ (रुपन्देही) निर्वाचित भए ।

प्रादेशिक सदस्यहरुमा लिम्बुवान, जंगबहादुर तामाङ (पाँचथर), किराँत यलमहाङ राई (सुनसरी), उदिम चाम्लिङ राई (खोटाङ), नेवाः रामचन्द्र राई (काठमाडौं), सुकबहादुर तामाङ (भक्तपुर) मिथिला, ताम्सालिङ विशाल थिङ तामाङ, मुन्ना वाइबा, शेर्पा रामबहादुर तामाङ (सिन्धुपाल्चोक), तमुवान विवेक थापा मगर (कास्की), आशा तमु (गोरखा), मगरात हरिता थापा मगर (पाल्पा), मनिष थापा मगर (बागलुङ), थरुहट  गम सोमै मगर (रुपन्देही), लक्ष्मी चौधरी (कञ्चनपुर), खसान एमानसिंह राना मगर (दैलेख) निर्वाचित भएका छन् ।

फोटो : रूद्र श्रीसको फेशबुक बाट

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %