नव दाम्पतीद्धार पत्रकार कोषलाई सहयोग

Read Time:2 Minute, 8 Second

मिलन लिम्बु
काठमाडौ,१३ जेठ । भर्खरै वैवाहिक बन्धनमा बाधिएका एक जोडिले पत्रकार युवराज लिम्बू स्मृति अक्षयकोषलाई आर्थिक सहयोग गरेका छन् ।
हंकङमा बसोबास गर्दै आएका सुमन वनेम र झापाकी मनिसा नेम्बाङले विवाहको अवसरमा पत्रकार युवराज लिम्बू स्मृति अक्षयकोषलाई नगद २५ हजार रुपैया आर्थिक सहयोग गरेका हुन । विवाहपछि काठमाडौको नक्सालमा आयोजना गरिएको विवहा पार्टीको अवसरमा सहयोग रकम लिम्बू पत्रकार संघका कोषाध्यक्ष मिलन लिम्बूलाई हस्तान्तरण गरेका हुन । विवाहमा हजारौ खर्च हुन्छ, त्यही खर्चबाट थोरै रकम बचाएर समाज सेवाममा खर्च गर्न पाउदा खुशी लागेको दुलाह दुलहीले बताए ।
लिम्बू पत्रकार संघको धरानमा २०६९ साल फागुनमा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलन मार्फत अध्यक्षमा निर्वाचित पत्रकार युवराज लिम्बु अध्यक्षमा निर्वाचित भएको एक दिन पछाडी हृदयघातका कारण निधन भएको थियो । अध्यक्ष लिम्बूको निधन पछि लिम्बू पत्रकार संघले लिम्बूको स्मृतिमा १० लाख रुपैयाको अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ । दुलहा वनेम गायक तथा चलचित्र निर्देशक हुन । उनले हिलोमा झरेको फुल नामक चलचित्रको निर्देशन गरिसकेको छन् । त्यस्तै उनले डब्लु डब्लु डब्लु डट नामक पप गीतको एल्बम समेत बजारमा ल्याइसकेका छन् । मुम्बाइबाट फिल्म डाइरेम्सनमा डिब्लोमा गरेका वनेम हाल हंकङमा बसोबास गर्दै आएका छन् ।
तस्वीरः कल्पना तुम्रोक ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %