शान्ति जिरेललाई न्यु योर्कमा स्वागत

इन्दिरा चोंग्बांग 

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ नेपालकि अधक्ष्य तथा पूर्व सबिधान सभा सदस्य शान्ति जिरेललाई आदिवासी जनजाति महिला महासंघ अमेरिकाले एक कार्यक्रम बीच न्यु योर्कमा स्वागत गरेको छ र जिरेल आदिवासी जनजाति सम्बन्धि मुद्धा हेर्ने निकाय संयुक्त राष्ट्र संघ  स्थायी मंचको १३ औ बैठकमा भाग लिनको लागि न्यु योर्क आएकी हुन् ।

कार्यक्रममा जिरेलले आदिवासी जनजाति महिला सम्बन्धि आफ्नो अनुभब राखिन् र सोहि अवसरमा उपस्थित अन्य महिलाले आ आफ्नो जिज्ञासा राखे र अहिले बिस्वब्यापीकरणको समयमा  पनि किन हामी आदिवासी भनेर संगठित हुन्छौ भन्ने सहभागीको जिज्ञासामा उनले भनिन् । आदिवासी जनजाति महिला भन्ने शब्द नेपालको कुनै पनि कानुनी दस्ताबेजमा आजसम्म उल्लेख गरिएको छैन । त्यसैले यिनीहरुको हक र अधिकारको सन्दर्भ गौण भएको छ । यस्तो जटिल अवस्थामा हामी आदिवासी जनजाति महिलाले आफ्नो हक र अधिकारको सुनिस्चित गर्नको लागि आफ्नो छुट्टै संस्थामा आबद्ध हुन् आबश्यक छ ।  हामी  नेपालमा मात्र होइन बिस्वमा नै पछि परेका छौ जसको जिम्मेवार पक्ष भनेको निर्णायक तहमा रहने पक्ष हो र हाम्रो लडाई पनि उनीहरु संगै हो ।  अमेरिकामा यो आदिवासी महिलाको संस्था चुनौतीपूर्ण रहेको अर्को प्रश्नमा उनको जबाफ  थियो । यो चुनौती यहाँ मात्र होइन नेपालमा पनि छ दुखलाग्दो कुरो आदिवासी जनजाति पुरुषहरु स्वयं महिलाको नेतृत स्वीकार्न तयार छैनन् । यस्तो जटिल अवस्थामा हामी अहिलेसम्म गुज्रिएका छौ तर जहिले पनि हिम्मत र साहसले  हामीलाई माथि पुर्याउछ । महिला र पुरुष रथका दुइ पांग्रा हुन् भन्ने पुरुषहरुले महसुस गरेका छैनन् हामी सिर्फ प्रतिक्षामा छौ ।

आदिवासी जनजाति महिला मात्र होइन सम्पूर्ण बिस्वकै महिला सामाजिक, आर्थिक, राजनीतिकरुपमा पछि परेको उनको भनाइ थियो र त्यसैले आदिवासी जनजाति महिला संगठित हुनु भनेको गैर जनजाति महिला संग लड्नको लागि नभई आ आफ्नो हक र अधिकार सुनिश्चित गर्नका लागि हो भन्ने प्रसङ्ग भुल्न नहुने उनको तर्क थियो । हामी राज्य संग लड्छौ तर अरुलाई दोष दिएर होइन हातेमालो गरेरे हिड्छौ । उदाहरणको लागि यदि राज्यले महिलाको लागि ३३ प्रतिशत कोटा छुट्टाएको छ भने आदिवासी जनजाति महिलालाई पनि उनीहरुको जनसंख्याको आधारमा कोटा चाहियो भन्ने हाम्रो माग हो । यसको लागि अन्य गैर आदिवासी जनजाती महिलाको पनि उतिकै साथ र सहयोगको जरुरत छ आफ्नो भनाइ प्रस्त्याउदै भनिन् ।

आदिवासी जनजाति महिला महासंघ  अमेरिकाले बिदेशमा रहेर पनि बिभिन सामाजिक तथा कल्याणकारी काममा संलग्न भएको प्रति जिरेलले प्रसंसा ब्यक्त गरिन् र बास्तबमा बिदेशमा रहेको सस्थाले  आदिवासी जनजाति महिलाहरुको एक्यवद्धता गर्नु सक्नु नै  आफ्नो पहिचान स्थापित  गर्नु हो भन्ने  उनको भनाइ थियो । कार्यक्रममा सस्थाकी उपाध्यक्ष पुस्पलता थम्सुहांगले जिरेललाई आयोजक संस्थाको तर्फबाट खादा लगाउदै मायाको चिनो उपहार दिएर स्वागत गरेकी थिइन् भने सस्थाकी अधक्ष्य संगिनी मगरले प्रमुख अथितिकोरुपमा आएर आदिवासी सम्बन्धि महत्वपुर्ण बिषयमाथि छलफल गर्ने अवसर दिएकोमा जिरेल तथा सम्पूर्ण उपस्थितलाई धन्यवाद दिंदै कार्यक्रमको  समापन गरिएको थियो ।