राष्ट्रिय जनमुक्तिले नरेन्द्र मोदीलाई बधाई दियो

Read Time:3 Minute, 20 Second

गोबिन्द घर्ती

बुटवल ,जेठ ८ – राष्ट्रिय जनमुक्ति पार्टीले अबका दिनमा आफुले राज्य पुनःसंरचना समितिमा बुझाएको १२ प्रदेशको अवधारणा अनुसार पार्टीको राजनीतिक तथा सांगठनिक गतिविधि सञ्चालन गर्ने बताएको छ ।

सो सम्बन्धमा जनसमक्ष बुझाउन देशव्यापी रुपमा कार्यक्रम सञ्चालन गर्ने, जनतालाई देशको वर्तमान राजनीति सम्बन्धमा सूचित गर्न पार्टीले तीन महिने (साउन देखि भदौ सम्म) मेचीमहाकाली जनजागरण अभियान सञ्चालन गर्ने प्रचार विभाग प्रमुख टोप अस्लामीले बताए । पार्टी केन्द्रीय प्रचार विभागद्वारा बुटवलमा भेटभाट कार्यक्रममा विभागीय प्रमुख टोप अस्लामीले सो कुरा बताएका हुन् । उनका अनुसार राष्ट्रिय जनमुक्ति पार्टी, संघीय परिषदको १३ औं बैठक यही ५, ६ र ७ गते रुपन्देहीको मंगलापुरमा सम्पन्न भएको छ ।

जेठ १४ गतेलाई कालो दिनको रुपमा मान्दै राष्ट्रिय जनमुक्ति पार्टीले देशव्यापी रुपमा खबरदारी सभा गर्ने भएको छ । २०६९ जेष्ठ १४ गते पहिलो संविधान सभाबाट संविधान दिनु पर्नेमा नेपाली जनतामाथि षड्यन्त्र गरी घात गरेकोले जेठ १४ गतेलाई सो पार्टीले कालो दिनको रुपमा मान्ने निर्णय गरेको अस्लामीले बताए । पार्टीको १३ औं बैठकले प्रधानमन्त्री शुशील कोईरालाको नेतृत्वमा गठन भएको गठबन्धन सरकारको एक सय दिनको काम कारवाहीलाई मुल्याङ्कन गर्दा घोर निराशा जनक रहेको ठहर गरेको छ ।

राष्ट्रिय जनमुक्ति पार्टीले आफ्नो ११औं राष्ट्रिय भेला आगामी कार्तिक २० देखि २२ गते सम्म मकवानपुरको हेटौंडामा सम्पन्न गर्ने भएको छ । पार्टी विधानमा आवश्यक संशोधन गर्नका लागि सोही भेलामा प्रस्ताव लैजाने भएको छ । त्यसका लागि पार्टी उपमहासचिव एवं संगठन विभाग प्रमुख चन्द्र श्रीसलाई बैठकले जिम्मेवारी दिएको छ । यसै गरी भारतको १६औं लोकसभाको निर्वाचनमा भारतीय जनता पार्टीले स्पष्ट बहुमत प्राप्त गरी नरेन्द्र मोदीलाई प्रधानमन्त्री चयन गरेकोमा भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीलाई राष्ट्रिय जनमुक्ति पार्टीले शुभकामना तथा बधाई ज्ञापन गरेको छ ।

यस्तै गरी हालै थाईल्याण्डमा भएको सैनिक कुलाई पार्टीले विडम्बना पूर्ण ठहर गरेको अस्लामीको भनाई रहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %