रुपन्देहीमा जनजाति विद्याथी महासंघको नयाँ नेतृत्व चयन

Read Time:3 Minute, 50 Second

कमल चौधरी

बुटवल , जेठ ८ – नेपाल आदिवासी जनजाति विद्याथी महासंघ समन्वय समिति रुपन्देहीको  विहिबर बुटवल स्थित अमर भावनमानमा भएको दोस्रो जिल्ला अधिबेशनबाट १७ सदस्यी नयाँ कार्यसमिति चयन गरेको छ ।

नेपाल आदिवासी जानजाति विद्यार्थि महासंघ मगरतका प्रमुख सल्लहकार  नविन कुमार सुनुवारको अध्यक्षता, निर्वचन मण्डलका संयोजक विष्णु थापामगरको संयोजकमा जनजाति विद्यार्थी महासंघको नयाँ नेतृत्व चयन गरेको हो ।

जसको  अध्यक्षतामा गम सोमै, उपाध्यक्षमा कमल चौधरी, महिला उपाध्यक्षमा लिला राना, सचिवमा प्रदिव घर्तिमगर, सह–सचिवमा गोकुल छन्त्यल, कोषध्यक्षमा हुमबहादुर सिंजाली मगर चयन भएका छन् । भने सदस्यहरुमा ओवी कनौजेमगर, तेज बहादुर सारु, गोपाल थापामगर, सुष्म सारु, कल्पना थापा, ज्ञानेन्द्र थापा, तेज बहादुर राना, कल्पाना जि.एम चयन भएका छन् ।

कार्यक्रमको समुद्घटनमा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ समन्वय समिति रुपन्देहीका जिल्ला अध्यक्ष सन्तरम चौधरीले सम्पूर्ण आदिवासी जनजाति एक जुट भएर आदिवासी जनजाति उत्पीडित, समुदायका हक अधिकारका लागि लाग्नु पर्नेमा जोड दिए । उहाँले आदिवासी जनजातिका मुद्दाहरुलाई राजनैतिक दलहरुले ओझेलमा परेको भन्दै अब बन्ने संविधनमा जनजातिका अधिकार सुनिश्चित हुने खालको  निर्माण गर्न दावव दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाजि विद्यार्थी महासंघका मगरतका प्रमुख सल्लाहर नविन कुमार सुनुवार, मगर मुक्ति मोर्चाका केन्द्रीय सदस्य भुलबहादुर सुनार, उद्योगपति तथा समाजसेवी मिन बहादुर पुन, नेपाल करते महासंघ पश्चिम अंञ्चालका अध्यक्ष भरत बहादुर के.सी, आदिवासी जनजाति पत्रकार मञ्च रुपन्देहीका जिल्ला अध्यक्ष टेक बहादुर मस्की, संघीय एक्सप्रेस अर्ध साप्ताहिक पत्रिका बुटवलका उपासम्पदक कमल चौधरी, छन्त्यल संघका जिल्ला अध्यक्ष दल बहादुर छन्त्यल, बुटवल सहित्य परिषद् रुपन्देहीका सचिव खोम तरमु, विद्यार्थि संघका केन्द्रीय सदस्य विष्णु थापा, गोकुल छन्त्यल, टेक बहादुर रानालगाएतले बेल्दै अदिवासी जनजाति शैक्षिक, राजनैतिक र आर्थिक  रुपमा सक्षम र मजबुट हुनु आवश्यक रहेको भन्दै अदिवासीका अधिकारहरु सुनिश्चि गर्नको लागि एक ढिका भएर लाग्नु पर्नेमा जोड दिएका थिए । 

उक्त कार्यक्रम नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ मगरतका अध्यक्ष हरिकला थापाको  अध्यक्षता लिला रानामगरको स्वागत र अंन्जली थापाको संञ्चलनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

चौधरी संघीय एक्सप्रेस अर्ध साप्ताहिक पत्रिका बुटवलका उपासम्पदक हुन् ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %