देब पचभैया
पाल्पा, जेठ ९ – भारतीय सेनाबाट अबकास पाएका भुपुसेनाहरुले १/५ गोरखाराईफल, एफ,एफको १ सय ५६ औ जन्म जयन्ती पाल्पाको तानसेनमा पनि मनाएका छन् ।
बसपार्क स्थित माछापुच्छ्रे गेष्ट हाउसमा बिहिबार भएको कार्यक्रममा पल्टनको ईतिहास र नेपालीहरुले खेलेको भुमिकाको बारेमा चर्चा गरिएको थियो ।
श्री बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको भेलाले उहाकै अध्यक्षतामा भुपुहरुको समिति गठन गरेको छ । उपाध्यक्षमा जुद्ध बिर थापा, कोषाध्यक्ष बिरबहादुर बुचा, सचिब जहर सिंह सारु, सदस्यहरु चेतबहादुर अर्गाली, कमल बहादुर राना, चेत बहादुर गाहा, दिल बहादुर राना, धनबहादुर थापा, हस्तबहादुर गाहा र भुपाल बहादुर थापा रहेको कोषाध्यक्ष बिरबहादुर बुचाले जानकारी दिए ।
समितिले भुपुहरुको एकतामा जोड दिदै उनीहरुको बर्तमान अबस्था लगाएतका बारेमा अध्ययन गर्ने बताईएको छ ।
