कमल चौधरी
बुटवल-राष्ट्रिय जनमुक्ति पार्टी, संघीय परिषद्को १३ औं बैठक, रुपन्देहीको मंगलापुर कृषि कार्यालयको भवनमा बुधबारदेखि सुरु भएको छ । जेष्ठ महिनाको ५,६ र ७ गते सम्म चल्ने बैठकमा राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय र संघीय परिषदहरुका पदाधिकारीहरू उपस्थिति रहेको राष्ट्रिय जनमुक्ति पार्टीका उपमहासचिव तथा केन्द्रीय प्रचार प्रसार विभाग प्रमुख टोप अस्लामी मगरले जानकारी गराएका थिए ।
अस्लामीले केन्द्रीय बैठकमा समसामयिक नेपाली राजनीति र भावी कार्य दिशा बारे बैठकमा छलफल गर्ने समेत जानकारी दिएका थिए । यस बैठकले राष्ट्रिय जनमुक्ति पार्टीलाई नयाँ दिशातिर लैजाने छ,साथै राष्ट्रिय जमुक्ति पार्टीको संघीय परिषद बैठकले भावी कार्यक्रम र अदिवासी जनजाति,दलित, मुस्लिम, उत्पीडित जातजाति समुदायका अधिकारहरुलाई बुलन्द रुपमा उठाउन विशेष भुमिका खेल्ने बताउनुभयो । नयाँ बन्ने संविधानमा उत्पीडित जातजाति समुदायका हक अधिकार लाई प्रमुख प्राथमिकताका साथ उठाउँदै आएको भन्दै उपमहासचिव टोप अस्लामीले मुलुकमा राष्ट्रिय जनमुक्तिको विचारधारा नै अबको दिनमा सर्वोउत्कृष्ट हुने बारे जिकीर गरेका थिए । केन्द्रीय बैठकमा उपस्थित ३० जना केन्द्रीय सदस्यहरुले मंगलबार उक्त प्रस्ताव उपर संघीय वक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए । बैठकमा पार्टीको २०७० माघ देखि चैत्र सम्म चलेको “पार्टी शुद्धिकरण तथा सुदृढीकरण अभियान”को समिक्षा पनि बैठकमा भएको थियो । पहिचान सहितको संघीयता र संघीयतासहितको नयाँ संविधान मुख्य एजेण्डा पार्टीले बैठकमा उठाएका थिए । बैठकमा धर्मनिरपेक्ष, जतीय जनसंख्याको आधारमा समनुपतिक प्रतिनिधित्व, अत्मनिर्णायक अधिकार, मुलुकमा बहुशिक्षा प्रणाली लागु हुने जस्ता मुल मुद्दाहरु संविधानमा लेखिनुपर्ने विषयमा बहस भएको थियो ।
एकात्मक राज्य व्यवस्थाले उत्पीडित जात जाति, वर्ग समुदायको अधिकारलाई कुण्ठीत गरेको र राज्यका नीतिनिर्माण तहमा उनीहरुको बर्चश्व रहेको हुँदा आदिवासी जनजाती, महिला,मुस्लिम समुदायहरुको पहिचान धरापमा पर्दै गएको बताए । संघीयतलेनै मुलुक सम्मृद्धि र शक्तिशालीको रुपमा विकास हुँदै गएकोले पहिचान सहितको संघीयताले मुलुकलाई अझ शक्तिशाली र विकास निर्माण तर्फ अग्रसर गराउने बैठकमा छलफल भएको थियो । बैठक केन्द्रीय अध्यक्ष एम.एस् थापाको अध्यक्षता रहेको बैठकमा उपाध्यक्षहरु मिना सुब्बा, रविन्द्र सुनार, केपी पालुङ्गा, तिर्थ राई, संघीयसभा उपाध्यक्ष तथा वर्तमान सभासद शिवलाल थापा, सभासद् सिमा वि.क. केन्द्रीय महासचिव केशव सुर्यवंशी, चन्द्र बहादुर श्रीस, मिना पान्दुक, खिलध्वज थापा, मोहन धिमाल, विद्या प्रसाद शर्मा, राम बहादुर तुम्बाहम्फे, केवि थापा, टिकाराम शर्मा, टोप अस्लामी, पदम जवेगु लिम्बु, भूपू सैनिक संगठनका केन्द्रीय अध्यक्ष भीम बहादुर राना, राष्ट्रिय यूवा मोर्चाका केन्द्रीय अध्यक्ष राजेन्द्र राई लगाएको बैठकमा उपस्थिति रहेको थियो । पार्टीका संस्थापक नेता स्वर्गिय कविराज पुनका छोरा खेम बहादुर पुनले रुपन्देहीको मंगलापुरको कविराज पथमा प्रदान गरेको जग्गामा निर्माण गर्न लागिएको पार्टी भवनको संघीय परिषद् सदस्यहरु र राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रय अध्यक्षले संयुक्त रुपमा शिलान्यास बुधबार हुने राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष झम बहादुर गुरुङ्गले जानकारी दिएका थिए । गुरुङ्गले भन्तेहरुलाई सुत्रपाठ गरी राष्ट्रिय जनमुक्ति पार्टीको शिलन्यास गर्ने कार्यक्रम तय गरेको समेत बताए ।
