सालझण्डी—तम्घास फाष्ट ट्रयाकलाई पाल्पामा छुवाउन आग्रह

Read Time:1 Minute, 48 Second

देब पचभैया

पाल्पा,  जेठ ६ गते – गएको शुक्रबार योजना आयोग र अर्थ मन्त्रालयले समेत स्वीकृति प्रदान गरेको सालझण्डी—तम्घास फाष्ट ट्रयाकलाई बल्ढेङ्गगढी गाविसका स्थानीय अगुवाहरुले असहमति जनाएका छन् ।

ट्रयाक खोल्दा सालझण्डी—ढोरपाटन सडक प्रयोग हुन लागेको भन्दै पाल्पा बल्ढेङ्गगढी गाविस बासीहरुले असहमति जनाएका छन् । ट्रयाक आसपासमा पर्ने बल्ढेङ्गगढी गाविसका मानिसहरुले आफ्नो बस्ती छुनेगरी बाटो निर्माण गर्न आग्रह गरेका छन् । उनीहरुले केन्द्रीय योजना अनुरुपकै बाटो भएर ट्रयाक खोल्दा आग्रह गरेका हुन् ।

स्थानीय अगुवाहरुले नयाँ ट्रयाक खोल्दा सालझण्डी, जुठापौवा, सुंगुरेढुँगा हुँदै गुल्मी लैजान आग्रह गरेका छन् । यो रुटबाट ट्रयाक खोलिए बल्ढेङ्गगढी, सत्यवती र जुठापौवा गाविसका जनता लाभान्वित हुने  भएकाले यसतर्फ सोचिदिन गुल्मी र पाल्पाका सभासद् तथा  नेताहरुलाई उनीहरुले आग्रह गरेका छन् ।

अघिल्लो वर्ष सालझण्डी—ढोरपाटन ट्रयाक खोल्दा जंगल प्रयोग गरिएको र बस्ती नछोइएको भन्दै   यसपटक यस्तो भूल गर्न नहुँने उनीहरुको सुझाव रहेको  छ ।

। यसअघि सालझण्डी—ढोरपाटन ट्रयाक खोल्दा जंगल सखाप पारिएको स्थानियले गुनासो गरेका छन् ।

 

 

 

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %