बिधालय भन्दा नदी र बगरै बेश बोटे बालबालिकालाई

Read Time:2 Minute, 12 Second

देब पचभैया

पाल्पा, जेठ ६ – विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउने अभियान भईरहे पनि यम्घा दर्पुकका बोटे बालबालिकालाई भने त्यो अभियानले छुन सकेको छैन । बैशाख महिनादेखि बालबालिकालाई विद्यालय भर्ना गर्ने अभियान संचालन भएपनि यम्घा दर्पुकका बोटे बालबालिका भने कालीगण्डकी किनारमा व्यस्त छन् ।

यो सिजनमा नदीमा बढी माछा भेट्टीने र गर्मी छल्न नदीमा पौडि खेल्न पाइने भएकोले उनीहरूलाई विद्यालय भन्दा बगर प्यारो लाग्न थालेको हो ।

विद्यालयले उनीहरूको प्रोत्साहनको लागि भर्ना अभियान पूरा गर्न घरदैलो कार्यक्रम गरेपनि बालबालिकाहरू घरमा भेट्न मुश्किल परेकोले कार्यक्रम निष्क्रीय बनेको भगवति नि.मा.वि.का प्र.अ. बेदप्रसाद न्यौपानेले बताए ।  सरकार र विभिन्न दातृ निकायले बोटे शशक्तिकरणका लागि छात्रवृत्ती उपलब्ध गराएको भएपनि अभिभावकहरूले छात्रवृत्तीबाट पाउने पैसा रक्सी खाएर सक्ने गरेको उनले गुनासो गरे ।

स्थानीय अगुवाहरूले समेत बोटे समाजलाई शोषण गर्ने, उनीहरूको उन्नतीको चासो दिनुको सट्टा उल्टै अवैध घरेलु मदिरा विक्री गरी विकृति बढाउन सुविधा थपिदिदाँ समस्या झन् बढेको स्थानीय बुद्धिजीवि लिलाबल्लभ न्यौपानेले बताए ।

स्थानीय समाजसेवीले नै विद्यालयलाई गलत ढंगले हेर्ने र उल्टा असहयोग गर्ने संस्कारका कारण बोटे विद्यार्थीहरूमा वितीष्णा बढेको विद्यालयका शिक्षक कोशलराज न्यौपानेले बताए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %