देब पचभैया
पाल्पा, जेठ ६ – युनाईटेड मिशन अस्पताल तानसेन पाल्पामा कार्यरत डाक्टर सभना शर्माको घरबाट २५ तोला सुन, २४ पत्थर भएको हिरा, दुई सय डलर पैसा र नेपाली चार हजार रुपिया चोरी भएको छ ।
तानसेन ३ अमरजंगमा भएको डाक्टर शर्माको घरबाट चोरी भएको प्रहरीले बताएको छ ।
आफु काठमाण्डौमा रहेको बेला घरमा चोरी भएको र चोरीमा संलग्न रहेको आरोपमा पिडित पक्षबाट किटानी जाहेर प्रहरीमा आएकाले खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ । बैशाख २५ गते चोरी भएको शर्माले पछि थाहा पाएर मात्रै प्रहरीमा उजुरी दिएको बताईएको छ ।
