गर्मीमा पंखा समेत नराखेको बिधार्थी र अभिभाबकको गुनासो
देब पचभैया
पाल्पा, बैशाख ६ – टिनको छानाले छापेको छाप्रे कक्षा कोठामा पढिरहेका पाल्पाका अधिकांश निजि बिधालयका बिधार्थीहरुलाई अहिलेको गर्मीले झन समस्या थपेको छ । एउटै कक्षा कोठामा ३० भन्दा बढी बिधार्थी बसेर बिना पंखा मुनि पढाईएका बालबालिकाहरु पसिनाले भिजेर निथु्रक्क भएर घर फर्किर्नु परेको अभिभाबकहरुले बताएका छन् । केही बिधालयका बिधार्थीहरु गर्मीका कारण कक्षा कोठामा बस्नै नसक्ने गरी काम्ने, हल्लिने गरेपछि उनीहरुलाई बिधालयले घर पठाउनुपरेको छ । साना कक्षा कोठा, झ्याल ढोका पनि साना हावै छिर्ने ठाउ नहुदा पनि पढाईमा समस्या परेको बिधार्थीहरुको गुनासो छ ।
बिधार्थीहरुले कक्षा कोठामा पटक पटक पंखा राख्न आग्रह गरेपनि छिट्टै ब्यवस्था गरिदिन्छु भन्दै पंखा नराखिदिएको उनीहरुले गुनासो गरेका छन् । शिक्षकले आफुहरुलाई पसिना ननिकाल्न र नसुत्न भनिरहेपनि पसिना आउने र निद लाग्ने गरेको बालबालिकाहरुले बताएका छन् ।
निजि बिधालयहरुको छाता संगठन प्याब्सन पाल्पाका उपाध्यक्ष भरत न्यौपानेका अनुसार तानसेनमा रहेका १३ निजि बिधालयहरु मध्ये दुई चार वटा बिधालयमा यस्तो समस्या रहेको बताउनुभएको छ । पटक पटकको छलफलमा यस बिषयमा कुरा भैरहेको र छिट्टै यो समस्या समाधान हुने न्यौपानेले जानकारी दिए । बिधालयले यो समस्याको समाधान गर्नुपर्छ, न्यापानेले भने ।
जिल्ला शिक्षा कार्यालय पाल्पाका बिधालय निरिक्षक महेन्द्र सुबेदीका अनुसार निजि बिधालयका संचालनहरुले छिट्टै भौतिक पुर्बाधार तयार पार्छुभनेर स्वीकृति निएपनि बषौ हुदा पनि आफ्ना पुर्बाधारहरु पुरा गरेका छैनन् । थोरै स्थानमा बिधालय स्थापना गरिएको भन्दै सुबेदीले पाल्पाका निजि बिधालयहरु बालमैत्री नभएको बताए ।
जिल्ला बालअधिकार अधिकृत हरी बहादुर सारुका अनुसार अनुकुल बाताबरणमा अध्ययन गर्न पाउनुपर्ने बालबालिकाको नैसर्गिक अधिधार जिल्लामा रहेका निजि बिधालयहरुले पुरा गर्न नसकेको बताए ।
यस बिषयमा आफुहरुले थप अनुसन्धान गर्ने सारुले प्रतिकृया दिएका छन् ।
