टिनको छाप्रो मुनि पढिरहेका निजि बिधालयका बिधार्थीहरु गर्मीमा झन समस्यामा

Read Time:2 Minute, 49 Second

देब पचभैया

पाल्पा, बैशाख ६ – टिनको छानाले छापेको छाप्रे कक्षा कोठामा  पढिरहेका पाल्पाका अधिकांश  निजि बिधालयका बिधार्थीहरुलाई  अहिलेको गर्मीले झन समस्या थपेको  छ । एउटै कक्षा कोठामा ३० भन्दा बढी बिधार्थी बसेर बिना पंखा मुनि पढाईएका बालबालिकाहरु पसिनाले भिजेर निथु्रक्क भएर कक्षा कोठामा बस्नु परेको छ ।

केही बिधालयका बिधार्थीहरु गर्मीका कारण कक्षा कोठामा बस्नै नसक्ने गरी काम्ने, हल्लिने गरेपछि उनीहरुलाई बिधालयले घर पठाउने गरेका छन् । साना कक्षा कोठा, झ्याल ढोका पनि साना  हावै छिर्ने ठाउ नहुदा पनि पढाईमा समस्या परेको बिधार्थीहरुको गुनासो छ ।

बिधार्थीहरुले कक्षा कोठामा पटक पटक पंखा राख्न आग्रह गरेपनि छिट्टै ब्यवस्था गरिदिन्छु भन्दै पंखा नराखिदिएको उनीहरुले गुनासो गरेका छन् । शिक्षकले आफुहरुलाई पसिना ननिकाल्न र नसुत्न भनिरहेपनि पसिना आउने र निद लाग्ने गरेको बालबालिकाहरुले बताएका छन् ।

निजि बिधालयहरुको छाता संगठन प्याब्सन पाल्पाका उपाध्यक्ष भरत न्यौपानेका अनुसार तानसेनमा रहेका १३ निजि बिधालयहरु मध्ये दुई चार वटा बिधालयमा यस्तो समस्या रहेको बताउनुभएको छ ।  पटक पटकको छलफलमा यस बिषयमा कुरा भैरहेको र छिट्टै यो समस्या समाधान हुने न्यौपानेले जानकारी दिए ।

जिल्ला शिक्षा कार्यालय पाल्पाका बिधालय निरिक्षक महेन्द्र सुबेदीका अनुसार निजि बिधालयका संचालनहरुले छिट्टै भौतिक पुर्बाधार तयार पार्छुभनेर स्वीकृति निएपनि बषौ हुदा पनि आफ्ना पुर्बाधारहरु पुरा गरेका छैनन् । थोरै स्थानमा बिधालय स्थापना गरिएको भन्दै सुबेदीले पाल्पाका निजि बिधालयहरु बालमैत्री नभएको बताए ।

जिल्ला बालअधिकार अधिकृत हरी बहादुर सारुका अनुसार अनुकुल बाताबरणमा अध्ययन गर्न पाउनुपर्ने बालबालिकाको नैसर्गिक अधिधार जिल्लामा रहेका निजि बिधालयहरुले पुरा गर्न नसकेको बताए ।

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %