गल्याङ्मा ५ दिने उद्धघोषण तथा आधारभुत पत्रकारीता तालिम सम्पन्न

Read Time:3 Minute, 18 Second

विनोद रखाली मगर / स्याङजा

गल्याङ  , जेष्ठ ६ – स्याङ्जा लक्ष्मी टेलिभिजनको आयोजनामा सन्चालन गरीएको ५ दिने उद्धघोषण तथा आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ ।

तालिमको समापन कार्यक्रममा वोल्दै प्रमुख प्रशिक्षक तथा लामो समय देखि छापा तथा विद्युतिय सन्चार माध्यममा कार्यरत युवा सन्चारकर्मी तथा लक्ष्मी टेलिभिजनका कार्यक्रम प्रमुख विनोद रखाली मगरले सिक्नु मात्र पर्याप्त नभई व्यवहारीक रुपमा अगाडि वढ्न सवै प्रशिक्षार्थीलाई आग्रह गरे । स्वतन्त्र पत्रकार संघका केन्द्रीय सदस्य तथा गल्याङ् पोष्ट साप्ताहिकका सम्पादक टिकराम अधिकारीले सकारात्मक सोँचको विकाश गरी अगाडी वढ्न सके पत्रकारीतको लक्ष्यमा पुग्न सकिने उद्धघोष गरे । कार्यक्रमकै अवशरमा प्रेस युनियन स्याङ्जाका कोषाध्यक्ष विष्णु अधिकारी लगाएतले बोलेका थिए ।

लक्ष्मी टेलिभिजनको कार्यालयमा सन्चालन गरीएको तालिममा विभिन्न क्षेत्रका युवा वर्गहरुको सक्रिय सहभागिता रहेको थियो । समापन कार्यक्रममा रिता लोहनी , दिपा वस्याल , विनोद चापाँगाई, सविना श्रेष्ठ , विशाल थापा मगर , सन्जु रखाली मगर , सविता पाण्डे , सुनिता श्रेष्ठ, उदय राज अर्याल लगाएतले प्रशिक्षण अवधिभर आफुहरुले निकै महत्वपूर्ण सिकाई सिक्न सफल भएको जनाउदै सिकेका विषयलाई व्यवहारमा लागु गर्न तप्पर रहेको हुँदा नयाँ प्रतिभालाई सन्चार सम्वन्ध निकायले स्थान दिन आग्रह गरेका थिए ।

तालिम अवधिभर लक्ष्मी टेलिभिजनका कार्यक्रम प्रमुख विनोद रखाली मगर ,स्वतन्त्र पत्रकार संघका केन्द्रीय सदस्य टिकाराम अधिकारी , क्रान्तिकारी पत्रकार संघका स्याङ्जा जिल्ला अध्यक्ष प्रकाश डुम्रे , लुम्वीनि टेलिभिजनका प्राविधिक प्रमुख कृष्ण पाण्डे , प्रेस युनियन स्याङ्जाका कोषाध्यक्ष विष्णु अधिकारी लगाएतले उद्धघोषण तथा आधारभुत पत्रकारीता सङगै सन्चार क्षेत्रका विभिन्न विषयमा प्रशिक्षण दिएका थिए ।

प्रशिक्षार्थि गोपाल अधिकारीको स्वागत सङगै सुरु भएको कार्यक्रमको सन्चालन प्रशिक्षार्थीं नारायण विकले गरेका थिए । कार्यक्रम लक्ष्मी टेलिभिजनका अध्यक्ष दधिराम पाण्डेको अध्यक्षतामा सम्पन्न भएको हो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %