टोयोटामा बुद्ध जयन्ति

Read Time:4 Minute, 14 Second

श्याम राना मगर, जापान


टोयोटामा २५५८औ बुद्ध जयन्ति सम्पन्न आज टोयोटामा नेपाल आदिवासी जनजाती महासंघ जापानको आयोजनामा २५५८ औ बुद्ध जयन्ति कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा एनआरएनए एसिया प्यासफिकका उपसंयोजक रोविन्द श्रेष्ठको प्रमुख आतिथि रहेको थियो। यसै गरि बिषेश अतिथिमा आदिवाशी जनजाती महासंघ जापानका बरिष्ठ बुद्धिजीबि भिजेंद्रमान पुन मगरको बिषेश अतिथि रहेको थियो भने अन्य अतिथिहरुमा एनआरएनए टोकाई होकुरिकु जापानका संयोजक बिष्णु प्रसाद घिमिरे, नेपाल मगर संघ टोकाई जापानका अध्यक्ष दिलिप राना मगर, शेर्पा संघ टोकाई जापानका अध्यक्ष पासांग शेर्पा, थकाली सेवा समिति टोकाई जापानका अध्यक्ष चन्द्र शेरचन, नेपाली समाचार तथा अनलाइन मिडिया समुद्रपारी डट कम का आइची संयोजक श्याम राना मगर साथै टोकाई क्षेत्रमा संगठित विभिन्न संघ संस्थाका प्रतिनिधि हरुको उपस्थिति रहेको थियो । बिषेश गरि लामा पाठ पुजाको सम्पन्न तेन्जिंग शेर्पा लामा द्धारा भएको थियो । संघका अध्यक्ष मन बहादुर पुन मगरको सभापतित्वमा भएको उक्त कार्यक्रममा संघका महासचिव संछा शेर्पाले संचालन गरेका थिए र स्वागत मन्तब्य उपाध्यक्ष योगेन्द्र शेरचनले दिएका थिए । मन्चमा आशिन् अतिथिहरुलाई संघका महिला सदस्य तथा स्वास्थ्य बिभाग प्रमुख लाक्पाफुटी शेर्पा र सदस्य लाल्पुरा रोका मगरले ब्याच वितरण तथा खादा ओढाई सम्मान गरेको थियो। मन्चमा आसिन अतिथि ज्यु हरुले पालै पालो सुभकामना मन्तब्य दिएका थिए । प्रमुख अतिथिको आशन बाट शुभकामन दिदै श्रेष्ठले जापानिज नागरिक हरुलाई जानकारी गराउनको लागि जापानको विभिन्न क्षेत्रमा बुद्ध नेपालमा जन्मेकाहुन भन्ने संदेश प्रेसित हुनेगरी विभिन्न कार्यक्रम हरु गर्नुपर्नेमा जोड दिदै स्वयम आफैले पनि सक्दो सहयोग गर्ने बचन दिएका थिए। र बिषेश अतिथि पुन मगरले बुद्धको जन्म, बुद्धत्वो र बुद्धको शिक्षा बारेमा प्रस्ट पारेका थिए। शुभकामनाकै क्रमममा नेपाल मगर संघ टोकाई जापानका अध्यक्ष दिलिपराना मगरले बुद्धको जन्म इसा पुर्प ६२३ मा भएको र गणना गरि हेर्दा बुद्धको जन्म भएको २६३८ बर्ष र बुद्धत्वो लाभ भएको २६०३ बर्ष पुगेको र महापपरिनिर्वाण भएको २५५८ बर्ष पुगेको भन्ने बारे खण्डन गरेका थिए । यस बिषयमा सरोकारवालाहरुको ध्यानाकर्षण होस् भन्ने अनुरोध गरेका थिए । साथै बुद्ध नेपालमै जन्मेका हुन् भन्ने बारेमा एनअारएनए टोकाई होकुरिकुका संयोजक बिष्णु प्रसाद घिमिरेले कविताबाचनमा मिलाएर प्रस्तुत गरेका थिए । अन्त्यमा संस्थाका अध्यक्ष तथा सभापति मन बहादुर पुन मगरले कार्यक्रम भब्यरुपमा सफल पार्न विभिन्न कोण बाट सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिदै कार्यक्रमको समापन भएको थियो ।

फोटो दिलिप राना मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %