सम्बिधान एक बर्ष भित्र

Read Time:2 Minute, 36 Second

गोविन्द घर्ति-देवदह

     विवादीत विषयमा राजनैतिक सहमति भएमा एक बर्षमा संविधान निर्माण गर्न सकिने क्षेत्र नं १ रुपन्देहीका सभासद अव्दुल रज्जाकले बताएका छन । राजनैतिक दलहरु वीच राज्य पुनसंरचना र शासकिय स्वरुपमा सहमति हुने हो भने अन्य काम करिव एक महिनामा टुङग्याउन सकिने सभासदको भनाइ थियो । सवै राजनैतिक दलहरुले एक बर्ष भित्र संविधान जारी गर्ने प्रतिवद्धता जनाई सकेको कारण संविधान बन्ने कुरामा शंका नगर्न सभासद रज्जाकले आग्रह गरेका थिए । सभासद रजाकले केरवानी गाविसलाई पूर्ण खोप गाविस घोषणा सभालाई सम्वोधन गर्दै उक्त कुरा बताएका हुन । सभासद रज्जाकले क्षेत्र नं १ मा रहेका उपस्वास्थ्य चौकीहरुको स्तर बृद्धि गर्न आफुले राज्य संग पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए । केरवानी गाविसका सचिव टुकराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख ऋषिप्रसाद लामिछाने, खोप संयोजक ओमप्रकाश पंगेनी, केरवानी उपस्वास्थ्य चौकीका प्रमुख ईश्वरी ढुगाना, नेपाली काग्रेसका शक्तिप्रसन्न गिरी, यूनिस अली, नेकपा एमालेका वावुराम पंगेनी, एमाओवादीका प्रजापति सापकोटा, नेकपा माओवादीका वीर बहादुर गुरुङ, देवदह आर्दश बहुमुखी क्याम्पसका मित्रलाल न्यौपाने, मक्रहर गाविस सचिव मुक्तिप्रसाद पाण्डे, विश्ववन्दु विनयी, निलकण्ठ पौडेल, निर्मलादेवी चौधरी, सिता वस्याल, सारदा पौडेल लगायतले बोल्दै पूर्णखोप घोषणा गरेर मात्र नहुने हुदा स्वास्थ्यमा सवैको ध्यान जान जरुरी रहेको बताएका थिए । नाम कुमारी परियारको स्वागत र वासुदेव चौधरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %