गोविन्द घर्ती-देवदह
देवदह बैषाख २७, राज्य संचालकहरुले ध्यान दिन नसक्दा बुद्धसंग सम्वन्धीत ऐतिहासिक स्थलहरुको संरक्षण र सम्बर्द्धन हुन नसकेको लुम्विनी विकास कोषका कोषाध्यक्ष ओमप्रकाश अर्यालको भनाइ थियो । अर्यालले राज्यले ध्यान पु¥याउने हो भने बुद्धसंग सम्वन्धी क्षेत्रमा पर्यटन विकास गरेर आर्थिक उन्नती गर्न सकिने, र राज्यले राम्रो संग ध्यान दिन नसक्दा लुम्विनीको गुरुयोजना समेत पुरा हुन नसकेको भन्दै लुम्विनी विकास कोषको आयोजनामा रुपन्देहीको देवदह–६, विशालनगरमा आयोजित २५५८ औं बुद्धजयन्ती तथा लुम्विनी दिवस समारोहमा बोल्दै कोषाध्यक्ष अर्यालले उक्त कुरा बताएका हुन । लुम्विनी विकास कोषले बुद्धसंग सम्वन्धीत देवदह, रामग्राम, तिलौराकोट लगायतका ऐतिहासिक स्थलहरुको उत्खननलाई तिव्रता दिनु पर्नेमा जोड दिएका थिए । पुरातत्व र ऐतिहासिक हिसावले देवदह क्षेत्र महत्वपुर्ण भएपनि राज्यले उचित बजेट नछुट्याएका कारण देवदह क्षेत्रमा रहेका पुरातत्व स्थलहरुको उत्खनन्मा तिव्रता आउन नसकेको कोषाध्यक्ष अर्यालको भनाइ थियो । देवदह गाविसका सचिव टेकराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा भिक्षु मैत्री, लुम्विनी विकास कोष परियोजना प्रमुख टासी शेर्पा, नेपाली काग्रेसका जिल्ला सचिव हिराबहादुर खत्री, एमाओवादीका जिल्ला सदस्य कृष्ण ढकाल, नेपाली काग्रेसका क्षेत्रीय सचिव वासुदेव रिमाल, नेकपा एमाले देवदह गाउ कमिटीका पदम थापा, राष्ट्रिय जनमोर्चाका हरी केसी, राप्रपा नेपालका ऋषिराम रेग्मी, धर्मोदय सभाका अध्यक्ष अमृतलाल शाक्य, उषाकिरण केसी, मित्र बहादुर थापा, त्रिलोचन दाहाल, चन्द्रबहादुर राना, प्रमोद खनाल, निलधवज मल्ल, विश्वराज खनाल, अर्जुन खनाल, सिता पाण्डे, केशवप्रसाद घिमिरे लगातयले बोल्दै देवदह क्षेत्रको विकास र प्रबर्धनको लागि एक जुट भएर लाग्नु पर्नेमा जोड दिएका थिए । बुद्धमावली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष गोविन्द क्षेत्रीको स्वागत र यम रानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न सांस्कृति कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो ।
