देब पचभैया
नवलपरासी, ३ जेष्ठ –नवलपरासीको साविक कावासोती गाविस ३ मा रहेको बाडगंगा खोलामा डुबेर एकै परिवारका दाजु बहिनीको मृत्यु भएको छ । खोलामा नुहाउन गएका साविक कावासोती गाविस बदु्रवनटोल निवासी आशा महतोका ७ वर्षका छोरी महिमा महतो र ९ वर्षका छोरा अभिषेक महोतोको मृत्यु भएको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । नुहाउनेक्रममा बहिनी डुबेपछि बचाउन भन्दै खोलामा पसेका दाजुको पनि मृत्यु भएको प्रहरीको बताएको छ । दुई सन्तान मात्रै रहेकी आमा आशाको अहिले सम्म होस नखुलेको प्रहरीले बताएको छ ।
