देब पचभैया
नवलपरासी , ३ -नवलपरासिको पिठौलि लोकाहा ओरालोमा हिजो बेलुकी मोटरसाईकल दुर्घटना हुला नेपालि काङग्रेस नवलपरासी जिल्ला कमिटिका कोषाध्यक्ष चन्द्रबहादुर आलेको घटनास्थलमै मृत्य भएकोछ ।
ना. ११ प ५३ ९३ नम्बरको मोटरसाईकलमा सवार आलेलाई पहिचान नभएको सवारी साधनले ठक्कर दिदा डाडाझेरि गाविस निवासी आलेको मृत्यु भएको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । मोटरसाईकलको पछाडि सवार दानबहादुर आले घाईते हुनुभएको छ । उहाको नवलपुर अस्पताल दलदलेमा सामानय उपचारपछि भरतपुर रिफर गरेको प्रहरीले बताएको छ । ठक्कर दिने सवारीको खोजी कार्य भैरहेको प्रहरीले बताएको छ ।
