दिल प्रसाद थापा
बटवल – तमु ह्यूल छोज धी गुरुङ्ग राष्ट्रिय परिषद, रुपन्देही जिल्ला कार्यसमितीको आयोजनामा बुटवल १० वेसक्याम स्थित महाज्ञान बौद्ध विहारमा बुधबार २५५८ औ बौद्ध जयन्ती समारोह – ( फुँ, ताँ, सोँ )को अवसरमा वृद्ध वृद्धा तथा वरिष्ठ व्यक्तित्व सम्मान कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ ।

परिषदका अध्यक्ष चन्द्र बहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी बुटवल नगर पालिकाको प्रमुख बाबु राम गौतम रहनु भएको थियो । कार्यक्रममा विशिष्ठ अतिथीमा बुटवल नगर पालिकाको शाखा अधिकृत डोलराज पौडेल र तमु ह्यूल छोज धी गुरुङ्ग राष्ट्रिय परिष्दका केन्द्रीय सल्लाहकार टेक बहादुर गुरुङ्ग, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष सन्तराम चौधरी लगायत अन्य अतिथीहरुले आ–आफ्नो भनाई राख्नुका साथै बुद्ध जयन्तीको अवसरको शुभकामना व्यक्त गरेका थिए ।
परिषदका उपाध्यक्ष देव प्रसाद गुरुङ्गको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संचालन सचिव मदन मोहन सिंह गुरुङ्गले गर्नु भएको थियो । प्रमुख अतिथीद्धारा दिप प्रज्जवलन गरि कार्यक्रमको उदघाटन गरिएको थिया । कार्यक्रममा रुपन्देही जिल्ला वन कार्यलय का साहयक वन अधिकृत ओम प्रसाद गुरुङ्ग, निमार्ण व्यवसाय संघ का केन्द्रीय अध्यक्ष झपट गुरुङ्ग , प्रेटोलियम डिलर एसोसियसनका रुपन्देही जिल्ला उपाध्यक्ष अशोक गुरुङ्ग लगायत २२ जना वृद्ध वद्धालाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।
प्रमुख अतिथी बाबु राम गौतमलाइ अध्यक्ष चन्द्र बहादुर गुरुङ्गले मायाको चिनो प्रदानगरेका थिए । चकार्यक्रम धर्म गुरु जितु गरुङ्ग (लामा) ज्यूबाट पुजा पाठ एवम बन्धनाबाट सुभारम्भ गरिएको थियो भने बुद्धको जिवनी सम्बन्धी प्रवचन पनि दिएका थिए । उपस्थित सबै अतिथीहरुलाई प्रचार प्रसार समितीका सचिव तथा कार्यक्रम संयोजक लाल बाहदुर गरुङ्गले धन्यवाद ज्ञापन गरेका थिए।
