लागु औषधले युवा पुस्तालाई नकारात्मक असर पार्यो

Read Time:1 Minute, 42 Second

गोबिन्द घर्ती

बैषाख ३१ – लागु औषधले युवा पुस्तालाई नकारात्मक असर पारिरहेको रुपन्देहीको देवदह खैरेनीमा आयोजित एक कार्यक्रमका वोल्ने वक्ताहरुले बताएका छन् ।

उनीहरुले लागुऔषध नियन्त्रणको लागि सवै युवाहरु एक जुट भएर लाग्नु पर्नेमा जोड दिएका थिए । युवा संघ नेपाल रुपन्देहीले आयोजना गरेको सप्ताहव्यापी लागु पदार्थ दुव्र्यसनी विरुद्धको सचेतना समापन कार्यक्रमको अवसर बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन ।

युवा संघ नेपालका जिल्ला अध्यक्ष सरिता श्रीसको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले रुपन्देहीका सचिवालय सदस्य ध्रुव खरेल, सिद्धिचरण भट्टराई, पार्टीका जिल्ला सल्लाहकार उमापति पाण्डे, क्षेत्रीय अध्यक्ष बेदगिरी लगायतले बोल्दै युवाहरु भ्विष्यका नेतृत्वदायी हुने भएकोले अहिले देखि असल काममा लाग्न आग्रह गरेका थिए ।

कार्यक्रममा लागु औषध सम्वन्धी डकुमेन्ट्री प्रदर्शन गरिनुका साथै राष्ट्रिय कलाकार श्रीष देवकोटाले गित प्रस्तुत गरेका थिए । जिल्ला उपाध्यक्ष दुर्गा तिवारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %