दिल थापा

वुटवल, नेपाल मगर विद्यार्थी संघ रुपन्देहीको शनिवार बुटवलको अमर भवनमा भएको अधिवेशन कार्यक्रममा इन्द्र सारु मगरको अध्यक्षतामा ११ सदस्सीय नयाँ कार्यसमिती चयन गरेको छ ।
जसको अध्यक्षमा इन्द्र सारु मगर , उपाध्यक्षमा तेज राना मगर , सचिवमा मनिष थापा मगर , सह सचिवमा बम सोमई मगर ,कोषाध्यक्षमा पुजा थापा मगर रहेका छन भने सदस्यहरुमा कोपिला पुन मगर, तेजु सारु मगर, लाल बहादुर खाम्चा मगर , प्रकाश थाल मगर रहेका छन । कार्यक्रमको अध्यक्षतामा संघका अध्यक्ष इन्द्र सारु मगर रहेका थिए भने प्रमुख अतिथी नेपाल मगर विद्यार्थी संघका केन्द्रीय महिला सचिव संगिता थापा मगर रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी लगाएत विशिष्ट अतिथी नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य विश्नु कुमार थापा मगर र संघका केन्द्रीय सदस्य दिपक गरौजा मगर , नेपाल मगर महिला संघ रुपन्देही जिल्ला सचिव कुमारी थापा , नेपाल मगर संघ बुटवल नगर समितीका अध्यक्ष किसन बहादुर थापा मगर , नेपाल मगर विद्यार्थी संघका पर्व केन्द्रीय सदस्य रेशम थापा, नेपाल मगर विद्यार्थी संघका लुम्बिनी अञ्चल अध्यक्ष नविन राना मगर लगायत अन्य अतिथीहरुले मन्तव्य राखेका थिए ।
