गोबिनद घर्ती , बुटवल
बैषाख ३१ – देवदह बौद्धसेवा समिति र धर्मोदय सभा देवदहले विभिन्न कार्यक्रम गरी २५५८ औं बुद्धजयन्तीको मनाएको छ ।
सो अवसरमा बोल्दै बुद्धका उपदेशलाई सवैले आत्मसाथ गर्न सके देशमा शान्ति स्थापना हुनेमा जोड दिइएको थियो । देवदह बौद्ध सेवा समिति र धर्मोदय सभा देवदह–५, शितलनगरमा रहेको बौद्ध गुम्वामा पुजाआजा तथा अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन ।
देवदह बौद्धसेवा समितिका अध्यक्ष दल बहादुर पाईजाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर सघ देवदहका अध्यक्ष लाल बहादुर दर्लामी, तमु ह्युल छोज धी देवदहका अध्यक्ष सुरेन्द्र तमु, धर्मोदय सभा देवदहका अध्यक्ष अमृतलाल शाक्य लगायतले आ–आफना भनाई राखेका थिए। समितिका सचिव टौं बहादुर तमुको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
