पाँच वर्षभित्र त्रिविलाई विश्वकै उत्कृष्ट प्रागिक थलो बनाउनेछौ : महर्जन

Read Time:4 Minute, 15 Second

देब पचभैया

पाल्पा, बैशाख २४ गते – त्रिभुवन विश्वविद्यालयका उपकुलपति हिराबहादुर महर्जनले आगामी पाँच वर्षभित्र त्रिविलाई विश्वकै उत्कृष्ट प्रागिक थलोको रूपमा विकास गरेर लैजाने बताएका छन् । त्रिविबाट उत्पादन भएका जनशक्ति विश्व बजारमा बिक्ने गरेर सुधारका कार्यक्रम आएको बताउँदै उहाँले पाँच वर्षभित्रमा त्रिविले नयाँ स्वरूप ग्रहण गर्ने दावी गरेका छन् ।

तानसेनमा आज बाट संचालन भएको दुई दिने पश्चिम क्षेत्रीय स्तरीय त्रिवि अन्तर्गतका आंगिक क्याम्पसका प्रमूख, लेखा प्रमूख तथा प्रशासन प्रमूखहरूको कार्यशालाको आज उद्घाटनमा बोल्दै उनले त्रिविलाई सुधार गर्न इगभर्मेन्सको थालनी भएको उहाँले उल्लेख गर्नुभयो । त्रिविलाई विश्वमा प्रतिष्पर्धी बनाउन विभिन्न कार्यक्रम सुरू भएको बताउँदै यो वर्षभित्र त्रिविको ५० प्रतिशत बेरूजु फस्र्यौट गर्ने बताए ।

त्रिविका कर्मचारीमा आम्दानी देखायो भने सरकारले रकम दिन्न भनेर आम्दानी नदेखाउने प्रचलन रहेको बताउँदै यस्तो मानसिकताबाट कर्मचारी सुध्रिनुपर्नेमा जोड दिए । आम्दानी उल्लेख नगर्ने तर खर्च हुने त्यसले बेरूजु बढाएको बताउँदै यही आर्थिक वर्षको अन्तसम्ममा त्रिविको १० अर्ब बेरूजु ५० प्रतिशतमा झार्ने उनले दावी गरे ।

कार्यक्रममा त्रिवि सभाका शिक्षाध्यक्ष प्राडा गुणनीधि न्यौपानेले त्रिविले निश्चित अबधि तोकेर भर्ना, रजिष्ट्रेसन गर्ने जानकारी दिए । समेष्टर प्रणाली लागु भएपनि त्रिविमा भएको ५० प्रतिशत समस्या समाधान हुने बताउँदै उनले आगामी पाँच वर्षभित्रै देशभरि समेष्टर प्रणाली लागू गरिने बताए । उनले नेपालमा शिक्षा पर्यटनको राम्रो सम्भावना भएको बताउँदै विदेशमा शिक्षा लिन जाने होइन, विदेशीले नेपालमा आएर शिक्षा लिने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । त्रिविका रजिष्टार प्राडा चन्द्रमणी पौडेलले त्रिविलाई सुधार गर्न त्रिविसँग भएको सबै स्रोत र साधन प्रयोग गर्नुपर्ने विचार राखे । त्रिविलाई प्राज्ञिक थलो बनाउने र अनुसन्धानमुलक थलोको रूपमा विकास गर्न चुनौती भएपनि यसको सामाना गर्न सबै प्रकारको स्रोत साधन प्रयोग गर्न उनलेले सुझाव दिए ।

कागजी प्रक्रिया पूरा गर्न धेरै झण्झटिलो, समय बढी लाग्ने जनशक्ति धेरै लाग्ने भएकाले त्रिविले चाँडै नै इगभर्मेन्सको सुरूआत गर्ने उनले जानकारी दिए । विद्यार्थी र शिक्षकले आफ्नै ल्यापटप प्रयोग गरेर त्रिविको पढाई र व्यवस्थापनमा सुधार गर्ने योजना त्रिविको रहेको उनले बताए । गोष्ठीमा राजधानी काठमाडौंदेखि पश्चिम भेगमा रहेका सबै आंगिक क्याम्पसका प्रमूख, लेखा प्रमूख तथा प्रशासन प्रमूखको सहभागिता रहेको छ । दुईदिनसम्म हुने गोष्ठीले त्रिविलाई प्राज्ञिक र प्रशासनिक सुधार गर्न नयाँ बाटोको खोजी गर्ने प्राडा चिन्तामणी पोखरेलले बताउनुभयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %