हङकङमा नेपाली कामदारहरु सहित लाखौं मजदुरहरुले एकसाथ मे दिवस मनाए

Read Time:2 Minute, 47 Second
रविन लिङदेन
 
हङकङ, ३ मे – १२५ औं अन्तराष्ट्रिय मजदुर दिवस मे १मा दिनको मध्यान्न यहाँ विभिन्न देशको मजदुर गठनहरुको सहभागितामा लाखौं श्रमीकहरुले एकसाथ मनाएका छन् ।
 
श्रमिकहरुको विभिन्न नारा सहित अढाई घण्टाको र्यालिमा ‘एकीकृत नेपाली मञ्च हङकङ’, ‘ओभरसिस नेपाली वर्कअर युनियन’, ‘घरेलु कामदार युनियन’, ‘नेपाली निर्माण कामदार युनियन हङकङ’, सुदूर पूर्वी प्रवासी नेपाली संघ लगायत विभिन्न नेपाली संघ–सस्थाहरुले र्यालिमा भाग लिएको थियो ।
 
एकिकृत नेपाली मञ्चको ब्यानरमा सहभागिता भएको र्यालिमा एनेकपा माओवादी पार्टी तथा पार्टीको जातिय मोर्चा लिम्बुवान, तमुवान, मगर, किराती राष्ट्रिय मुक्ति मोर्चाहरुको आ–आफ्नो प्लेकार्ड सहित उपस्थित भएका थिए ।
 
हङकङमा हुने मे डे अर्थात अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा हरेक वर्ष यहाँको नेपाली संघ–सस्थाहरुले भाग लिदै आएको छ । मे डेमा भाग लिने नेपालीहरुको विभिन्न संघ–सस्थाहरुले हरेक वर्ष आ–आफ्नै माग पत्र वुझाउदै आएका छन् ।
 
“वी आर वर्कअर–वी आर नट सेभ” अर्थात हामी कामदार हौं– हामी सुरक्षीत छैनौ । विश्वको मजदुर एक होऔं । मजदुर एकता जिन्दावाद । आकासिंदो महगि नियन्त्रण गर । श्रमिक वेतन बृद्धि गर । नेपाली कामदार माथिको भिषा प्रतिवन्ध फुकुवा गर । समान कामको समान ज्याला देउ । आइएलओ महासन्धि पुरा गर जस्ता नाराहरु थिए ।
 
कजवे बे स्थित भिक्टोरिया पार्क बाट सुरु भएको लाखौं मजदुरहरुको र्यालि सेन्ट्रल गभरमेण्ट अफिसको अर्थात हङकङका कार्यकारी प्रमुखको कार्यालय भवनको प्राङगणमा पुगेर सभामा परिणत भएको थियो । सभामा यहाँको स्थानिय चाइनिज संघ–सस्था, नेपाली लगायत विभिन्न देशका श्रमीक संगठनहरुले कार्यकारी प्रमुख सि वाई ल्योङलाई आ–आफ्नो माग पत्र बुझाएका थिए । र्यालिमा ६० प्रतिशत महिला कामदारहरुले भाग लिएका थिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %