रोटर्याक्ट क्लवले स्विपर कर्मचारीहरुलाई सम्मान गर्यो

Read Time:3 Minute, 22 Second

दिल प्रशाद थापा

बुटवल, रोटर्याक्ट क्लव अफ बुटवल साउथले अन्तराष्ट्रिय मजदुर दिवसको अवसर पारेर बुटवल नगरपालीकामा रहेका स्विपर कर्मचारीहरुलाई एक कार्यक्रमका बीचमा बुटवल नगरपालीकाको हलमा एक-एक मुखौटे (माक्स) तथा पञ्जा वितरण तथा खादा ओढाएर सम्मान गरेको छ ।

कार्यक्रममा बोल्दै बुटवल नगरपालीकाका बरिष्ठ अधिकृत श्री भुवा प्रसाद लुईटेलले समाजमा गर्ने गरीने सबै प्रकारका कामहरु समान भएको र कसैले पनि काममा भेदभावको ब्यवाहार गर्न नहुने भन्दै रोटर्याक्ट बुटवल साउथले गरेको यस प्रकारको श्रमिक सम्मान कार्यक्रमको प्रसंसा गरेका थिए ।  

रोटर्याक्ट बुटवल साउथका अध्यक्ष रो युवराज ढकालले रोटरीको मुख्य मोटो भनेको स्वार्थ भन्दा माथी सेवा हो भन्दौ रोटरी ईन्टरनेस्नलको यस बर्षको मान्यता अनुसार रोटरीमा आवद्ध हुनु र जिवन शैली परिवर्तन गर्नु भन्ने मान्यतामा आधा मानी रोटर्याक्ट बुटवल साउथले “Expand Your Mind Change Your Society” भन्ने नाराका साथमा आफ्ना कार्यक्रहरु अगाडी बढाउने क्रममा जबसम्म आफ्नो सोचलाई बृहत्तर बनाउन सकिन्न, जव सम्म आफु परिवर्तन हुन सकिदैन तव सम्म समाज परिवर्तन गर्न – हुन नसकिने भन्दै अन्तराष्ट्रिय श्रमिक संगठनले मान्दौ आएको कम्तिमा पनी ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन जस्ता न्यूनतम सेवा, सुविधा र शर्तहरु पूरा गर्नको लागी राज्यको निती निर्माणको तहमा बसेकाले फेरी पनि एक पटक सोच्नु पर्ने बेला आएको भन्दै यस मजदुर दिवसको अवसरमा यस क्लवका सदस्यहरुको आफ्नो क्षमताले भ्याय सम्म समाज सेवा भन्दापनि सेवाको माध्यम बाट जनचेताना अभिबृद्धि गर्ने माहान बाटोमा पछि नर्पनको लागी यो सानो प्रयास गरेको हाम्रो यस प्रयासलाई सफल पार्नको लागी बुटवल नगरपालीकाले हामीमा देखाएको सद्भाको प्रसंसा गरे ।

कार्यक्रममा बुटवल नगरपालीकाका सामाजीक विकास अधिकृत श्री दामोदर ज्ञवाली, पूर्व अध्यक्ष तथा डिष्ट्रिक ३२९२ नेपाल भुटानका क्लव प्रमोसन अफिसर रो. यादव भट्टराई लगाएत क्लवका वरिष्ठ सदस्य रो. मदन अधिकारीले कार्यक्रमको बारेमा बोलेका थिए । कार्यक्रम संयोजक तथा सचिव बालकृष्ण भण्डारीको संचालनमा भएको  कार्यक्रममा ३५ जाना श्रमिकहरुलाई सम्मान गरीएको क्लवका डाईरेक्टर रो. दिल प्रशाद थापाले जानकारी गराएका थिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %