महाधिवेशन सफल पार्न विभिन्न समिति र उपसमिति गठन

Read Time:5 Minute, 42 Second

रूद्र श्रीसमगर  

पोखरा, १८ वैशाख – नेपाल आदिवासी जनजाति विद्यार्थी महासङ्घको पोखरामा आगामी जेठ १०, ११ र १२ गते हुने पाँचौं राष्ट्रिय महाधिवेशन सफल पार्न सहयोग तथा समन्वय समिति गठन गरिएको छ ।  

महासङ्घद्वारा आयोजित सर्वपक्षीय बैठकले नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् कास्कीका अध्यक्ष पानबहादुर घर्तीको संयोजकत्वमा २७ सदस्यीय सहयोग तथा समन्वय समिति गठन गरेको छ ।  

जसको सदस्यहरूमा राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ जिल्ला समन्वय परिषद् कास्कीकी अध्यक्ष राजकुमारी भुजेल, आदिवासी जनजाति युवा महासङ्घ नेपाल कास्कीका अध्यक्ष रामबहादुर थापामगर, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) कास्कीका अध्यक्ष हुमबहादुर तमु, नेपाल तमु Þयुला छोंज धिं (गुरुङ राष्ट्रिय परिषद्) कास्कीका अध्यक्ष दलबहादुर तमु, नेपाल मगर सङ्घ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगर, नेपाल तामाङ घेदुङ कास्कीका अध्यक्ष सु.हरिमान तामाङ, भुजेल सेवा समाज कास्कीका अध्यक्ष विलबहादुर भुजेल, थकाली सेवा समितिका अध्यक्ष अम्बर तुलाचन, दुरा सेवा समाज कास्कीका अध्यक्ष बुद्धिमान दुरा, नेपाल छन्त्याल सङ्घ कास्कीका अध्यक्ष भक्तबहादुर छन्त्याल, नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखे, किरात सेवा समाज कास्कीका अध्यक्ष अरुणकुमार लिम्बू, नेपाल कुमाल समाज सुधार समिति कास्कीका अध्यक्ष प्रेमबहादुर कुमाल, नेपाल Þयोल्मो समाज सेवा सङ्घ कास्कीका अध्यक्ष क्या.पूर्णबहादुर Þयोल्मो, मार्फा थकाली सेवा सदनका अध्यक्ष वसन्त हिराचन, तीन गाउँले थकाली समाजका अध्यक्ष नरबहादुर थकाली, नेवाः तजिलजि दबू कास्कीका अध्यक्ष विष्णुशंकर ख्वाउँजू, तमु प्ये ल्हु सङ्घ कास्कीका अध्यक्ष डब्लू.ओ.टु भीमबहादुर तमु, थारू समाज कास्कीका अध्यक्ष रघुपति चौधरी, ताङ्वे समाज कास्कीका अध्यक्ष फुर्वा छिरिङ ताङ्वे, शेर्पा समाज कास्की, बागलुङ–पोखरा मगर समाजका का.वा.अध्यक्ष मेखबहादुर छन्त्याल मगर, पुन मगर समाज कास्कीका अध्यक्ष बलबहादुर पुन मगर, घले समाज कास्कीका अध्यक्ष श्रीप्रसाद घले, बाह्र गाउँले समाजलगायत रहेका छन् ।  

सहयोग तथा समन्वय समितिको विभिन्न राजनीतिक दलका आदिवासी जनजाति अगुवा सम्मिलित सल्लाहकार समिति समेत गठन गरिएको छ । जसमा नेकपा–माओवादीका केन्द्रीय सल्लाहकार लोकबहादुर थापामगर, एकीकृत नेकपा (माओवादी) कास्कीका सह–सचिव धर्मबहादुर तमु, सङ्घीय समाजवादी पार्टी कास्कीका अध्यक्ष दीपक तामाङ, नेपाली कांग्रेसका अशोक भट्टचन, नेकपा (एमाले) कास्कीका टेकबहादुर तमु, नेकपा (एकीकृत) कास्कीका जिल्ला सदस्य लालकाजी तमु रहेका छन् । त्यस्तै, सो बैठकले महासङ्घका राष्ट्रिय सदस्य एवं मगरात इञ्चार्ज रूद्रबहादुर श्रीसमगरको संयोजकत्वमा पाँचौं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समिति गठनसहित विभिन्न उपसमितिहरू समेत निर्माण गरेको छ ।  

जसको सह–संयोजकमा राष्ट्रिय सदस्य एवं तमुवान इञ्चार्ज फरेन्द्र थापामगर, उप–संयोजकमा राष्ट्रिय सदस्य रोशनी तमु, उप–संयोजकमा तमुवान प्रादेशिक समन्वय समिति अध्यक्ष दुर्गा तमु रहेका छन् ।  

त्यसैगरी, आर्थिक उपसमिति संयोजकमा फरेन्द्र थापामगर, प्रचारप्रसार उपसमिति संयोजकमा रोशनी तमु, सङ्घसंस्था समन्वय उपसमिति संयोजकमा केबी तमु, खाना तथा खाजा उपसमिति संयोजकमा लालबहादुर तमु, सांस्कृतिक उपसमिति संयोजकमा सुजनकुमार तामाङ, स्वयंसेवक उपसमिति संयोजकमा विवेक थापामगर, सुरक्षा उपसमिति संयोजकमा गोविन्द पुनमगर, हल तथा मञ्च व्यवस्थापन उपसमिति संयोजकमा समर थापामगर, आवास व्यवस्थापन उपसमिति संयोजकमा मिलन राई, झाँकी तथा र्याली व्यवस्थापन उपसमिति संयोजकमा धनु तमु र अनुगमन उपसमिति संयोजकमा ज्ञानु भुजेल रहेको प्रचार प्रसार संयोजक रोशनी तमुले जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %