अर्घाखाचीमा भएको दुर्घटनामा १६ को मृत्यु ४० बढी घाईते

Read Time:1 Minute, 11 Second

देब पचभैया

पाल्पा, बैशाख १७ – अर्घाखाचीमा भएको दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने ४० बढी घाईते भएका छन् । ११ पुरुष र ५ महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाचीका प्रहरी नायब उपरिक्षक दिपेन्द्र  जिसिले जानकारी दिए ।

मृतक मध्ये अर्घाखाची वाङ्गलाका जनार्दन आर्चाय र बिष्णु आचार्यको सनाखत भएको छ ।

घाईते मध्ये ५ जनाको अबस्था गंभिर छ । घाईतहरुको  जिल्ला अस्पताल अर्घाखाची र बुटवलमा उपचार भैरहेको छ ।

सन्धिखर्कबाट बुटवल तर्फ आउदै गरेको लु १ ख ६२३१ नम्बरको बस र बुटवल बाट सिन्धीखर्क जादै गरेको लु १ ख ७८२५ नम्बरको ट्र्क आज दिउसो सवा एक बजे तिर नरपानी गाबिस ५ जगत भन्ने स्थानमा ठोक्किएर दुर्घटना भएको हो । दुबै गाडी सडक देखि झण्डै ३ सय मिटर डहखोलामा खसेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %