हिँडे बुँढो पैसालाइ बिदेश,बुँढि भने अर्कैलाइ गएछ

Read Time:2 Minute, 46 Second

दिपक राना मगर  , इज्रायल     

  

नाम फसुत छोटकरीमा सबैले उनलाई ‘इ ‘भनेर बोलाउने गर्दछन ।

घरायसी परिस्थितिका कारण पाच बर्ष अघि इजरायल छिरेका ‘इ’ अर्को मे महिनामा पाच बर्षको समय सिमा पूरा गर्दै आफ्नो देश थाईल्याण्ड फर्किदैछन । अत्यन्त मिलनसार अनि हस्मुख स्वभाव यी थाई नागरिक आए देखि एउतै कम्पनीमा कार्यरत छन  । यिनलाई अरुलाई जस्तै कम्पनी फेरी राख्ने सास्ती भने खेप्नु परेन । सुरुमा घर-परिवारको निकै याद आउथ्यो ,काममा उति मन जान्थेन पछि -पछि यहाको बातावरणमा घुलमिल हुदै गए पछि अलिक बिशेक भयो ‘इ’ हास्दै आफ्नो बिगतको कहानी सुनाए ।

राम्रो कम्पनीमा परेकोले पाच बर्षको समयावधिमा यिनले मनग्य कमाई गरेका छन अनि त्यही कमाईले आफूलाई काफी हुने गरि घर-जग्गा जोडी आफ्नो आर्थिक स्तर बढाएको बताए  । १७ बर्षको कलिलो उमेरमा लगन -गाठो कसेका ‘इ’ ले ८ बर्ष सम्म परिवार संगै बसेर बिताए थिए  । ४ बर्षको कलिलो छोरीलाई आफ्नो जीवन-साथीको काखमा छाडेर आएका ‘इ’ को घर यतिखेर भने सुनसान छ घरमा एक्ली बुढी आमा बाहेक अरु कोही नभएको बताए  । इजरायल छिरेको १ बर्ष मै पत्नी छोरी सहित अरु संग गयो, परिस्थितिले टाढा नहुनु परेको भए अहिले मैले पत्नी -छोरी गुमाउनु पर्थेन होला ‘इ’ ले मलिन अनुहार बनाउदै आफ्नो दुखेसो पोखे  ।

हाल पत्नी संग सम्पर्क नभए पनि छोरीलाई त बेला-बेलामा फोन गरिराख्छु , के गर्ने छोरीको त माया लाग्छ छोरीले भने बमोजिम mobile ,कपडा पठाई दिई सकेको छु ‘इ’ले अघिको मलिन अनुहारलाई अलि हसिलो बनाउदै भने  । ३० बर्षको बसन्त पार गरिसकेका ‘इ’ थाईल्याण्ड फर्के पनि तत्काल दोस्रो बिहे गर्ने योजना नभएको बताए  । धन -सम्पति नै ठूलो रहेछ आमालाई आफन्तको जिम्मा लगाएर भए पनि एक पटक कोरिया जान्छु अझ धरै धन जोडेर मात्र दोस्रो बिहे बारे सोच्नु पर्ला ‘इ’ ले आफ्नो कुराकानीको बिट यसरी मारे ।

दिपक राना मगर  , इज्रायल

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %