पत्रकार महासंघ समाबेशी बन्दै

Read Time:1 Minute, 45 Second

देब पचभैया

काठमाडौं, १६ बैशाख – नेपाल पत्रकार महासंघको महाधिबेशन नजिकिंदै गर्दा महासंघलाई समाबेशी बनाउने विषयमा सहमति जुटेको छ ।

 

महासंघ केन्द्रीय कार्यालयमा बसेको बैठकमा विभिन्न पत्रकार संगठनहरुबीच भएको छलफल पछि यस्तो सहमति जुटेको हो । सहमतिअनुसार समावेशी उपाध्यक्ष एक जना थपिने भएको छ । यस्तै, महिला सचिव एकजना , समावेशी सचिव एकजना र एसोसिएट सचिव एक जना थप्ने र सात जना खुला केन्द्रीय सदस्य हुने गरी विधान संशोधन गरिने भएको छ । खुला सदस्यमा एक अपांग र एक अल्पसंख्यक रहनेछन् । एक महिलासहित तीन सदस्यीय लेखा समिति हुने भएको छ ।

यसैगरी प्रत्येक दश जना बराबर एकजना पार्षद छनौट हुने पनि बैठकले सहमती गरेको छ । लामो समयदेखि महासंघलाई समावेशी बनाउने विषयमा विधान संशोधन लगायतका विषयमा कसरत र छलफल गर्दै आएको आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) लगायतका संघ संगठनले यस निर्णयलाई सरकात्मक रुपमा लिएको छ । ‘विधान संशोधन र समाबेशीकरणका लागि हाम्रा मागहरु सुनुवाई भएको छ, यसलाई सबै साथीहरुले सकारात्मक रुपमा लिनुपर्छ ।’ फोनिज अध्यक्ष डण्ड गुरुङले भने ।

सयपटकको महाधिबेशनमा विभिन्न पदका लागि उम्मेदवारी सार्बजनिक गर्ने काम भइरहेको छ ।  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %